
सप्तमी श्राद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्।
सप्तमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।


प्राथमिक उपचार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । विश्व समूदायले अन्य वर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाउँदछन् ।
पृष्ठभूमि
सन् २००० बाट अर्थात् सहश्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।
ग्रामीण क्षेत्रमा प्राथमिक उपचार पहुँच सुधार्न नेपालले के कुरामा प्राथमिकता दिनुपर्छ?
नेपालमा अध्यनहरु
बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।
आधारभूत उपचारहरु
संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ ।
रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ ।
जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।
अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।
२०२५ को विश्व प्राथमिक उपचार दिवसको विषयवस्तु "First Aid and Climate Change" ले बाढी, डढेलो, गर्मी लहर जस्ता जलवायुजन्य विपत्मा देखिने स्वास्थ्य आपतकालीन अवस्थाका लागि तयारी र प्राथमिक उपचार सिक्नुपर्ने आवश्यकतामा जोड दिन्छ । यसले जीवन बचाउन र क्षति घटाउन सामुदायिक स्तरमा छिटो प्रतिक्रिया दिन प्रोत्साहन गर्छ ।




