दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बुबाको मुख हेर्ने दिन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
बुवाको मुख हेर्ने औँसी
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ ।आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

तपाईंको विचारमा बुवालाई खुशी पार्ने सबैभन्दा राम्रो तरिका के हो?
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।
हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
आजको दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।


कुशे औंसी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।
कुश : वैज्ञानीक महत्व
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।
आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधूनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलार्इ औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।


मोतीराम भट्ट जन्म जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे
कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युवा कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौँ ।
मोतीराम भट्टको शिक्षा
दरबार हाइस्कूलमा गनिएका राणा खानदानका बीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशललाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रता मात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छ:
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा
यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।
मोतीराम र भानुभक्त
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यसपश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृत्तिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।





News Summary Generated by OK AI. Editorially reviewed. वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ र शनिबारसम्म ४२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्यक...

काठमाडौँ । गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० सिरिजका स्मार्टफोनहरूमा स्याटलाइट कनेक्टिभिटीमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको सुविधा उपलब्ध गराउने भएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्द...

मुम्बई । मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन् । ती व्यक्तिले एएनआईसँग कुरा गर्दै भने, “कोभिड–१९ को महामारीको समयमा पहिलो पटक ‘गेम...

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् ।

गोरखापत्र अनलाइन काठमाडौं, भदौ ७ गते । आदिवासी समुदायको जीवन पद्धतिसँग जोडिएका जल, जंगल र जमिनलाई समेटिने कार्यक्रम रेड प्लस, ताल, लीफ, बीएसपी बारेमा दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरि...

रुस र संयुक्त राज्य अमेरिकाबीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । यो सहकार्य रुसको आर्कटिक क्षेत्र मात्र नभ...

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् । रातोमाटेबाट हेटौँडातर्फ आउ...

पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ। यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरि...