दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


विश्व शिक्षक दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।
हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर
विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।
विश्व शिक्षक दिवसमा तपाईं आफ्नो शिक्षकलाई कसरी सम्मान गर्न चाहनुहुन्छ?
आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।
विश्व शिक्षक दिवस २०२५ को नारा "The Teachers We Need for the Education We Want: The global imperative to reverse the teacher shortage" विश्वभर शिक्षक अभाव समाधान गर्नुको तत्काल आवश्यकता र महत्वमा जोड दिन्छ। यसले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त दक्ष र प्रेरित शिक्षकको आवश्यकता रहेको बताउँछ।





काठमाडौँ। आइतबार रातिदेखि राजधानीका विभिन्न क्षेत्रमा पुनः वर्षा सुरु भएको छ। शुक्रबारदेखि निरन्तर वर्षा भएपछि आइतबार दिउँसो केही समयको विराम मिले पनि राति पुनः वर्षा सुरु भएको हो । जल तथा मौसम वि...

राजविराज- नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको आज उद्धार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आज उद्धार गरिएको नेपाली सेनाले ज...

फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म 'माइतीघर' को भिडिओ प्रतियोगीताको विजेता घोषणा गरिएको छ। बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडिओ प...

जति पक्राउ परे पनि नसुध्रने सानुभाई, बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे कुनै समय ६ मिनेट अघि काठमाडौं : काठमाडौंको अपराध नगरीमा सानुभाइको रूपमा परिचित युवराज गुरुङ पुन पक्राउ परेका छन्। पटके अभियुक...

रौतहट — लगातारको वर्षाका कारण रौतहटको गौर नगरपालिका–६ स्थित लच्कामा पानी जमेपछि सदरमुकाम आवागमन अवरुद्ध भएको छ । अहिले गौर बजारबाट झण्डै ५ किलोमिटर उत्तरसम्म मात्र सवारी साधन पुग्ने गरेका छन् । लच्...
काठमाडौं । फायोरेन्टिनालाई पराजित गर्दै एएस रोमा इटालियन शीर्ष डिभिजन लिग सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार रोमाले आर्टेमियो फ्रान्ची रंगशालामा सम्पन्न खेलमा फायोरेन्टिनालाई २–१ ले परा...

ढाका। बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो बर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या ...

ललितपुरमा बाढी र वर्षाका कारण प्रभावित सार्वजनिक सेवा भोलिदेखि पुनः सुचारु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै भोलिदेखि नियमित रूपमा सार्वजनिक सेवा प्रवाह सुरु ह...