दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


कोजाग्रत व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर अनि जमराहरूलाई सेलाउने चलन छ ।
कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लँदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।
तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एक प्रकारको जूवा जस्तै हो, साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनेँ बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ, यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।
यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् । दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।


पूर्णिमा व्रत
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
के तपाईं पूर्णिमाको व्रत बस्नुहुन्छ?
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।





काभ्रे, सिन्धुली र दोलखा — दुई महिनाकी सुत्केरी उदयपुरकी दुर्गामाया तामाङ दिउँसोको टन्टलापुर घाममा भीरपाखा, उकालो–ओरालो गर्दै रोशी खोलाको तीरैतीर ५ घण्टा पैदल हिँडेर नमोबुद्ध र रोशी गाउँपालिकाको सि...

हुम्ला – मौसम सफा भएपछि हुम्लाका किसानलाई पाकेको अन्न बाली भित्र्याउन सहज हुने भएको छ। चैत, वैशाखामा छरेको बाली पाकेपछि किसानलाई दसैँ लागेयतादेखि नै भित्र्याउने चटारो भएको सिमकोट गाउँपालिका–६ की बद...

काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको बताएका छन् । सोमबार सामाजिक...

काठमाडौं। अविरल वर्षापछि बाढीपहिरोका कारण विभिन्न सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ।

यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक...

काठमाडौं । हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ । बाढीले फिदिम–फालाटे स...

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू विशेष महाधिवेशन टार्ने रणनीतिमा लागिरहेका बेला संस्थापनइतर पक्षले केन्द्रीय कार्यसमितिको बैठक अगाडि नै ४० प्रतिशत बढीको हस्ताक्षर पेस गर्ने ...