मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।
हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्त्व धेरै छ ।

सामाजिक सञ्जालले प्रकोपअघि वा प्रकोपपछिको समयमा कसरी मद्दत गर्न सक्छ?
आज फलाना ठाउँमा बाढी आयो रे
आज यो ठाउँमा पहिरो गयो
भुईँचालोले यति मान्छे लग्यो
ज्वालामुखी ले यसो गर्यो
फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुस्ट जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।
प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ, आउँदा पुस्तालाई यसको पूर्व तयारीप्रति सजग गराऔँ ।
पृष्ठभूमि
प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौ, हामीले केवल पूर्व तयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानी न्यूनीकरण मात्र गर्न सक्दछौँ, हैन र ? सन् १९८९ को राष्ट्र सङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्व तयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।
राष्ट्र सङ्घको योजना
यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरण स्तर बढाउन्, पूर्व तयारी संरचनामाथिको पहुँच बढाउन अनि पीडितहरूको संरक्षणका लागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घको योजना रहेको छ । छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि विश्व समुदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नु परेको, समय-समयको भूँईचालो होस् या भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिम मै छ ।
अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी
दुखद कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौँ कै मूलधारको खानेपानी, स्वास्थ्य सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षिक रूपमा दूर दराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुखदायी कुरा हो ।
अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुईँचालो आउँदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुन सक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्व तयारी पनि छैन ।
अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस २०२५ को नारा "Fund Resilience, Not Disasters" को अर्थ हो विपद्पछि मात्र खर्च गर्नुको सट्टा, रोकथाम र तयारीमा लगानी गरौं। बलियो र सहनशील समुदाय बनाउनेमा ध्यान दिऔं।






काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँ...

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित भएका बेला चारजना बन्दी शव रेडक्रसले बुझाएको छ ।

सिरहा । स्रोत नखुलेको आठ लाख २५ रुपैयाँ नगदसहित सिरहामा एकजनालाई पक्राउ गरिएको छ । नगद, विभिन्न बैंकका चेकबुक, एटीएम कार्ड र कपाली तमसुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कल्याण...
२७ असोज, काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएकी छन्। उक्त प्रतियोगिता अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ...

काठमाडौँ — उम्मेदवारमा उमेरको हदको संवैधानिक व्यवस्थाले युवा मतदाता उम्मेदवार बन्न वर्षौं कुनुपर्ने स्थिति छ । त्यसले देशको राजनीतिमा युवा प्रतिनिधित्वलाई निरुत्साहित गरेको छ । १६ वर्ष पुगेपछि युव...
काठमाडौं। ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई जितका लागि एक सय ४८ रनको चुनौती दिएको छ । ओमा...

हुम्ला – कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। असोज २१ गते सबै शाखालाई परिपत्र गर्दै कात्तिक १ गतेदेखि लागू हुने गरी करारका कर्मचारीलाई काममा नलगाउन...
क्युबाका असन्तुष्ट नेता जोसे ड्यानियल फेररलाई सोमबार जेलमुक्त गरी विमानमा अमेरिका पठाइएको छ । क्युवाको प्रजातन्त्र समर्थक आन्दोलनको लामो समयसम्म नेताका रूपमा कैयौँ पटक जेल परेका फेररले यसै महिना ज...