मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व खाद्य दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विश्व खाद्य दिवसको स्थापना
संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्न कालागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

तपाईंको विचारमा आज विश्वमा भोकमरीको सबैभन्दा ठूलो कारण के हो?
जलवायु परिवर्तन र खाद्यान्न
विश्व खाद्यान्न तथा कृषि सङ्गठन एफ.ए.ओ. का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्यान्न सङ्कट नै हो । स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र बिस्तारै रैथाने बिउ विजन लोप हुँदै जानू २१ औ शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।
विश्वकै इतिहास हेर्ने हो भनेँ पनि दोस्रो विश्वयुद्ध पछिको समयमा खाद्यान्न खोजीमा लाखौँ मान्छेहरू एक ठाँउवाट अर्को ठाउँमा अनि एउटा देश वाट अर्कोमा बसाई सरेको देखिन्छ, बसाँईसराई र खाद्यान्नको सुरक्षा एउटा गहन सम्बन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाउँमा बसाई सर्दा आगमन बिन्दुमा भएको सीमित खाद्यान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाद्यान्न सङ्कट विकसित ठाउँमा झन् धेरै हुने सम्भावना छ । विश्व खाद्य दिवस २०२५ को नारा “Hand in Hand for Better Foods and a Better Future" को अर्थ हो सबै देश, समुदाय र व्यक्तिहरूले सहयोग र एकतामा मिलेर काम गर्दा मात्र हामीले स्वस्थ, पोषिलो खाना र स्थायी भविष्य सुनिश्चित गर्न सक्छौं।






काभ्रे — जिल्लास्थित धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू)मा विद्यार्थी र शिक्षकको आकर्षण बढ्दो रहेको पाइएको छ । यसै शैक्षिक सत्र (२०८२/८३) मा करिब एक हजार नयाँ विद्यार्थी र १२ जना विदेशी प...
काठमाडौँ। विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगितामा कतारले सामाओमाथि ८ विकेटको सहज जित हासिल गरेको छ। सुपर सिक्स चरणको खेलमा सामओले दिएको १२७ रनको लक्ष्य कतारले मात्र १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर...

काठमाडौँ । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी-युनियनपे कार्ड सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु ग...

बझाङको तलकोटमा आजदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ । टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी से...

मोरङ – दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विकास गर्ने उद्धेश्यका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजना, एन.भी.क्यू.एस तथा क्वालिटी परियोजनाबीच त्रिपक्षीय सम्झौता गरेको छ। उद्योग स...

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् ।

डडेल्धुरा — जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून देखिएको छ । निर्वाचन आयोगले असोज १० गतेदेखि कार्तिक मसान्तसम्मका लागि देशभर मतदाता नामावली दर्ता त...

ब्रसेल्स । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र एआईको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि ...