मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

Gorakhkali Puja
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्।
यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ । बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंशका साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्थामा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन गोरखकाली मन्दिरको त्यो गौरवशाली इतिहास थियो, जहाँ जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन शताब्दीयौँसम्म चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।






काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग एकता गर्ने भएको छ । शुक्रबार साँझ बसेको विशेष बैठक (भर्चुअल)ले विवेकशील साझासँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा क...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन् । उनले आज सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन...

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन रस्साकसी सुरु भएको छ । आइतबारसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्य...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । २०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ ...
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीलाई ...

महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र तीव्र ध्रुवीकरण देखा परेको छ। उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरूङ अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। गत मंसिर ९ गते वरिष्ठ उपाध्यक्...

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार तथा चीफ अफ स्टाफ आन्द्री यरमकले आफ्नो आवासमा प्रहरीले गरेको छापामारीपछि पदबाट राजीनामा दिएका छन्। रुससँगको जारी युद्धकोबिच ५...