मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
१७० दिन अगाडि
१५पुष २०८२मंगलवारDec 30, 2025🌔

पुत्रदा एकादशी व्रत / तमु ल्होसार / कवि शिरोमणि लेखनाथ जयन्ती

पुष शुक्ल एकादशी*

सूर्योदय:६ : ५३
सूर्यास्त:१७ : १८

नोटस्

आगामी दिनहरू

तमु ल्होसार

तमु ल्होसार

विशेष अडियो सामग्री

0:00 / 0:00

नमस्कार, सम्पूर्ण महानुभावहरुलाई स्वागत छ, धन्यवाद ।

छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे ।

हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन! आज तमु ल्होसार हो ।


गुरुङ्ग समूदायको नयाँ वर्ष

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।

तमु पात्रोअनुसार, तमु ल्होसार २०८२ साल “त ल्हो” (घोँडा बर्ग ) को वर्ष हो। गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान, र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाइन्छ।

हरेक वर्षझैं यस वर्ष पनि(घोँडा बर्ग) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।


विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

बहादुरी र तमु समुदाय

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।


मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदार्इ गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको 'ल्हो' अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात 'ल्हो' को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।


छागंकोल

प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ ।

स्यो कैँ

स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । स्यो कैँ को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यी बाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।


किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ अाफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! "हे! तमु मै तमु ल्होसार खै मु ... रमाइलो तमु ल्होसार !"

स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।


काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।


आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन् ।


देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई आज हाम्रो पात्रोले न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ । तमु ल्होसारको शुभकामना ।

कवि शिरोमणि लेखनाथ जयन्ती

कवि शिरोमणि लेखनाथ जयन्ती

विशेष अडियो सामग्री

0:00 / 0:00

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस महिनाको पौष शुक्ल एकादशीका दिन कास्कीको अर्घौंअर्चलेमा भएको थियो।यस दिनलाई उहाँको जन्मजयन्तीको रूपमा मनाइन्छ। यस अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरू, कवितावाचन, र श्रद्धाञ्जलि सभाहरू आयोजना गरिन्छन्।


लेखनाथ पौड्याल नेपाली साहित्यमा "कवि शिरोमणि" उपाधिले सम्मानित एक प्रमुख कवि हुनुहुन्छ। उहाँका कृतिहरूमा "ऋतु विचार", "बुद्धिविनोद", "सत्यकलि संवाद", "सत्यस्मृति", "मेरो राम", "त्याग र उदयको सन्देश", "गीताञ्जली", "तरुण तपसी", "लक्ष्मीपूजा", "लालित्य" लगायतका काव्य र कविताहरू समावेश छन्।

आज के के गरिन्छ ?

यो दिन लेखनाथ पौडेलको जन्मको उपलक्ष्यमा नेपाली साहित्यमा उहाँको योगदानको सम्मान गर्दै मनाइन्छ।

लेखनाथ पौडेल नेपाली साहित्यका एक महान कवि र साहित्यकार हुनुहुन्छ। उहाँलाई कवि शिरोमणि उपाधि प्राप्त छ र उहाँको कवितामा नेपाली समाज र संस्कृतिको गहिरो प्रतिबिम्ब पाइन्छ। लेखनाथ पौडेलका काव्य संग्रहहरू, जस्तै ऋतु विचारू, सत्यस्मृतिू र गीतराज नेपाली साहित्यको अमूल्य धरोहर मानिन्छ। उहाँका काव्यमा धार्मिक, दार्शनिक र सामाजिक विचारहरूको सूक्ष्म चित्रण गरिएको छ।

लेखनाथ पौडेलको जन्मजयन्तीमा विभिन्न साहित्यिक कार्यक्रम, कवि सम्मेलन, र काव्यपाठ आयोजना गरेर उहाँको योगदानलाई संझना गरिन्छ।

जाँदा जाँदै वहाँको एउटा अमिट कविता यहाँहरुलाई राख्छु


पर्वतको शिखर हजुरले हामीलाई उचाई देखाउँछ,

नदीको बग्दाइ हामीलाई सन्तुलन सिखाउँछ।

प्राकृतिक शक्तिहरूमा जीवनको गहिरो पाठ छ,

हामीलाई त्यसका हरेक पाटोको सम्मान गर्नुपर्छ।

लेखनाथ पौडेलका कवितामा जीवनका गहिरा प्रश्नहरूको उत्तरण र समाजको उत्थानका लागि निरन्तर प्रयासको सन्देश पाइन्छ। उहाँका रचनाहरू नेपाली साहित्यको अमूल्य धरोहर का रुपमा अनन्त रहनेछन् ।

पुत्रदा एकादशी व्रत

पुत्रदा एकादशी व्रत

विशेष अडियो सामग्री

0:00 / 0:00

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।


पुत्रदा एकादशी व्रत कथा

धर्मशास्त्रहरू अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको महात्मै महत्त्वपूर्ण मानिन्छ ।


पुत्रदा एकादशीमा के गरिन्छ ? 

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

आजको दिनको शुभकामना ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू