मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
४१ दिन अगाडि
२५वैशाख २०८३शुक्रवारMay 8, 2026🌖

विश्व रेडक्रस दिवस

जेठ कृष्ण षष्ठी

सूर्योदय:५ : १९
सूर्यास्त:१८ : ४१

नोटस्

आगामी दिनहरू

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

रेडक्रस दिवसको पृष्ठभूमि

आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ ।

रेडक्रसले के गर्दछ?

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।


नेपालमा रेडक्रस

नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माण हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ।

विश्व रेडक्रस दिवस २०२६ को नारा “United in Humanity” अर्थात् “मानवतामा एकजुट” ले विश्वभरका मानिसहरूलाई मानवता, सहकार्य र करुणाको साझा भावनामा बाँध्ने सन्देश दिन्छ।

आजको संसारमा प्राकृतिक विपद्, युद्ध, महामारी, गरिबी, जलवायु परिवर्तन, भोकमरी तथा विस्थापनजस्ता समस्याहरूले लाखौँ मानिसहरूको जीवन प्रभावित भइरहेको छ। यस्तो अवस्थामा जात, धर्म, भाषा, देश वा राजनीतिक विचारभन्दा माथि उठेर मानवताको पक्षमा एकजुट हुनु अत्यन्त आवश्यक भएको छ। यही भावनालाई यस वर्षको नाराले विशेष रूपमा उजागर गर्दछ।


त्यसबाहेक मानवताको सेवा कुनै सीमा, वर्ग वा पहिचानले बाँधिएको हुँदैन भन्ने मूल मान्यतालाई यो नाराले स्मरण गराउँछ।

रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन्:

१. मानवता

२. निष्पक्षता

३. तटस्थता

४. स्वतन्त्रता

५. स्वयंसेवा

६. एकता

७. सर्वव्यापकता ।


हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थुप्रै नामहरूका अतुलनीय योगदानहरू पनि आउँदछन्, मानव सेवा कालागि जीवन समर्पण गर्ने रेडक्रसका संसारभरका स्वयंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यकता छ । जय होस्, मगंल होस् ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू