मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

किराँत समाज सुधार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
किराँतको अर्थ
यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको समुदाय किराँत समुदाय अनि संस्कृति एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरूले शासन गरेका कुराहरू त हामीले पढेकै हौँ, काठमाडौँमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरूले शासन गरेको प्रमाण छ ।
किराँत समाजसेवा दिवसको पृष्ठभूमि
किराँत धर्मगुरु तथा नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम संवत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधार का लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।
फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रूपमा स्वीकार गरेका छन् । ती १० बुँदा किराँती समुदायमा कायम रहेका कुरीति, कुसंस्कारहरूको अन्त्य गर्न कोशेढुंगो साबित भयो । उक्त बुँदाहरूमा सबैले शान्तिको बाटो हिँड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रूपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरू थिए । अज्ञानतावश कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रूपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ ।फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चार खोलाको चुक्चिनाम्बामा भएको थियो ।

उति बेला किराँत समुदायमा व्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ ९सभा० डाँके । विकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्ताबेज तयार पारे ।
नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरूको घना बसोबासको क्षेत्रका रूपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बा मा भएको टुप्पो नभएको बाँस का रुखहरू अन्तिम लिम्बु राजा बुद्धि कर्ण राय खेवागंले एक फेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभाबी तीर चलाएर बाँसको टुप्पाहरू छिनाएको भन्ने विश्वाश पनि छ ।
महाभारतमा किराँतको प्रसङ्ग
प्रथम किराँती राजा यलम्वर हुन भने अन्तिम राजा खिगुलाई मानिन्छ । किराँतहरूको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकास उन्मुख किराँतीहरूलाई लिच्छवी शासकहरूले सन् १५८ मा विस्थापित गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाइन्छ, धनुर्विद्या आर्जन गर्न अर्जुनले आफ्नो नाम नै किराँता अर्जुना राखेको तथ्य महाभारत दिएको छ ।
किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाडौँ पशुपतिको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रति किराँतहरूको अथाह श्रद्धाले यस समुदायलाई शिव प्रेमी समुदायका रूपमा पनि लिइन्छ ।
किराँत धर्म एउटा अत्यन्त व्यवहारिक धर्म अनि सभ्यता हो । संसार भरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहस का लागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको वैशाख २४ गते किराँत समाज सुधार दिवसका रूपमा मनाउँदै आएका छन् ।
प्रजातन्त्र पछिको नेपालमा किराँती राजाहरू
२००७ सालको प्रजातन्त्रको उदय पछि लिम्बु राजाहरुलाई दिइएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाउँछ र त्यसपछि लिम्बु हाँगहरु मूलधारको शासन व्यवस्थामा नआएको पाइन्छ ।
यस समुदायका लिम्बु मात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समुदायलाई एउटै समुदाय मानिए तापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा , साम्जिक मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रूपमा अस्वीकार गरिएको छ । यसको संस्कार अर्थात् मुन्धुम लिखित पनि छ । महागुरुफाल्गुनन्दले आयोजना गरेको चुम्लुङ सभा ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ(गाउँमा मन्दिर तथा पाठशालाहरू बन्न थाले । बालबालिकाहरूलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो।छोरी चेलीको सोतर सित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यही सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
किराँती समुदायका परम्परागत खेलका आधारमा बनाइएका विश्व प्रसिद्ध कम्प्युटर गेमहरूको निर्माणकिराँती समुदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरूलाई आधार मानेर विश्व प्रसिद्ध कम्प्युटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरूमा किराँती जीवनशैली र बहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समुदायका सबैलाई उत्तरोत्तर प्रगतिको कामना ।सम्पूर्ण किराँत दाजुभाइ दिदीबहिनी, आमा बुबा, भाइबहिनीमा हार्दिक नमन अनि हामी सबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको ।


प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस भन्नाले नेपालका प्रदेश सरकारहरूमा प्रयोग हुने सरकारी भाषा अथवा कामकाजको लागि मान्यता प्राप्त भाषा सम्बन्धी एक विशेष दिन वा कार्यक्रमलाई जनाउछ। यस्ता दिवसहरू प्रायः भाषाको सम्मान, संरक्षण, र प्रयोग प्रवर्द्धन गर्न मनाइन्छन्।
बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार प्रदान गर्दै भाषिक विविधताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण कदम चालेको छ।
नेपालको सन्दर्भमा
संविधानको धारा ७ अनुसार
सङ्घीय सरकारले नेपाली भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्छ।तर, प्रदेश सरकारले आफ्ना प्रदेशभित्र बोलिने कुनै पनि एक वा एकभन्दा बढी भाषालाई आफ्नो कार्यक्षेत्रभित्र प्रयोग गर्न सक्नेछ - यो सम्बन्धमा प्रदेशले कानुन बनाउन सक्ने प्रावधान छ।
यसै सन्दर्भमा बागमती प्रदेश सरकारको सम्वत २०८१ साल चैत्र १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा २०८२ साल वैशाख २४ गते मनाउने निर्णय गरिएको हो । तेश्रो भाषा दिवसको अर्थपूर्ण शुभकामना ।
यस दिवसको अर्थपूर्ण शुभकामना ।






भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रूपन्देहीका सीमावर्ती क्षेत्रका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभा...

काठमाडौँ। पाकिस्तानी सेनाले गत वर्ष भारतसँग भएको युद्धमा आफ्नो कुल सैन्य शक्तिको सानो हिस्सा मात्र प्रयोग भएको दाबी गरेको छ । पाकिस्तान सेनाको मिडिया र जनसम्पर्क विभागका महानिर्देशक अहमद शरीफ चौधरी...

काठमाडौं । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङबीच एकता हुने भएको छ । भोलि दिउँसो ३ बजे औपचारिक घोषणा गरिने स्रोतले बतायो । ‘सैद्धान्तिक सहमति भइसकेको र बाँकी कुरा दुवै पक्षको वार्ता टोलीले मिल...

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो।

नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी गरिएको अध्यादेश र यसमा अन्तरनिहित निर्णय प्रक्रियाप्रति गम्भीर रूपमा असहमति व्यक्त गरेको छ। बिहीबार प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्...
२४ वैशाख, बाँके । विभागीय टोली नेपाल पुलिस क्लब चौथो कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराज...

काठमाडौं । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको चाप कम गर्दै न्यायपालिकालाई परिणाममुखी र गतिशील बनाउन सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार श...
गृहपृष्ठ रिपोर्ट रुद्र पंगेनी बिहीबार, २४ वैशाख, २०८३ प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनका बिस्कुन देखेपछि धेरैले प्रश्न गरे – सुनमा यति धेरै लगानी किन गरेको ह...