मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ । गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।




काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएकको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा...
१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उ...

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञको बारेमा नकारात्मक रिपोर्ट बनाउन मिडियाका धेरै पत्रकारहरूलाई घुस दिने प्रयास गरेको भन्ने हल्लाप्रति आपत्ति जनाएको छ । दूता...
प्रिमियर लिग च्याम्पियन आर्सनलको जित एजेन्सी – प्रिमियर लिग च्याम्पियन बनेपछि आर्सनलले आफ्नो पहिलो खेलमा जित निकालेको छ। सेलहर्स्ट पार्कमा भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि २-१ को जित दर्ता...
फुटबलको मैदानमा जादुमयी ड्रिबलिङ र सटिक फ्रि–किकले संसारलाई मन्त्रमुग्ध पार्ने लियोनेल मेसीले अब आर्थिक साम्राज्यमा पनि अर्को ऐतिहासिक ‘गोल’ गरेका छन् । मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि आफ्नो ...

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष डम्बर प्रसाद आचार्य ‘रोयल’लाई मातृशोक परेको छ । आचार्यको माता भुनकुमारी आचार्यको ७३ बर्षको उमेरमा आइतबार ...

अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक ...

प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न स्थानमा विद्युत् प्रसारण लाइनमा क्षति पुगेर केही क्षेत्रमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्...