मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा ११० वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा युगकवि को जन्मजयन्ती पर्ने हो। यस वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकविको जन्मजयन्तीको चर्चा गर्न चाह्यौं । कवि श्रेष्ठका कविताहरु आज पनि उत्तिकै सान्दर्भिक छन्, त्यसैले नै वहाँलाई युगकवि भनिएको हुनपर्दछ । शुरु गर्न चाह्यौं वहाँका केही नसुनिएका कविताहरु संगै ।
पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो
त्यो माछालाई समात्छुस
आकाशसित गई जोड लगायो
त्यो चरालाई पक्रन्छुस
महाकालसित गई बिन्ति चढायो
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।
कति घुमाउरो तर कति गज्जबको भाव छ यो कवितामा, एउटा व्यक्तिको मनोभाव छर्लग्ग उतारिएको जस्तो । कसले भन्छ कि यो कविताले यतिधेरै बसन्त तय गरेको छ भनेंर ? सिद्धिचरणका पाला देखि अबका हजारौं वर्ष सम्म पनि मानवमा यस्ता मनोभाव आइनैरहन्छन् अनि याद आइनैरहनेछन्, कवि सिद्धिचरण श्रेष्ठ । यस कविताको अन्तमा आँउदछ, अनि ती दुवैको बिहे भयो भनेंर, कति मिठो सरलता छ मनोभावको निष्कर्षमा, बिहे त केवल एउटा बिम्ब न हो ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।
पिता विष्णुचरण र माता नीर कुमारी श्रेष्ठमा पुत्र सिद्धिचरणका भने ९ जना सन्तानहरु थिए । प्रथम पुत्र विश्वको ४ वर्षको उमेरमा नै मृत्यू भएपछि उन्ले आफ्ना पुत्रशोकको पीडालाई विश्व बेथा कृतीमा छताछुुल्ल पारेका छन् । यी महान कविले १३ वर्षको कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए, बिसं १९९० को बिनाशकारी भुकम्प पश्चात उनले भुकम्पको कहालीहरुलाई बटुलेर भुइचाला नामक कविता संग्रह लेखेका थिए ।
के तपाईंले ‘मेरो प्यारो ओखलढुंगा’ कविता पढ्नुभएको छ?
उनका कविताहरुमा सचेतना पाइन्छ, असमानता प्रतिका प्रसस्तै झटाराहरु उनले हानेका छन् । कविताहरु पढदै जाँदा त यी समाजसुधारक योद्धा झैं भान हुन्छन्, आफ्ना कलमले बहुआयामीक प्रगतिका कुराहरु उठाएका छन्, समृद्धि अनि सुधारका कुराहरु कुँदेका छन् ।
आफ्ना बिचारहरु अनि स्वतन्त्रता उन्मुख धारहरुका लागि उनलाई जहाँनिया राणा शाषकहरुले १८ वर्षको कारावास पनि तोकेका हुन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । एकजमाना थियो जब कवि श्रेष्ठका कविताहरुका हरेक शब्द शब्द तौलिने गर्दथे क्रान्ति बिरोधी शाषकहरु । वर्षा शीर्षक कवितामा क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो।
पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन्, भनिन्छ नेपाली राजनैतिक नक्षत्रका महान योद्धाहरु पनि जेलमा सिद्धिचरण संगै राखिएका थिए। तीनै मध्य गणेशमान सिंहले त धेरै पटक औपचारीक अनि अनौपचारीक भेटघाट र वक्तब्यमा समेत कवि श्रेष्ठको कविताको प्रेरणा अनि व्यक्तित्वको प्रशंसा गरेका थिए । हुक्काका सौखिन कवि श्रेष्ठलाई आफन्तहरुले काजी दाई भनेर संबोधन गर्दथे । शारदा पत्रिका, गोरखापत्र, दैनिक आवाज अनि कविता पत्रिकामा समेत कार्य गरेका थिए यि कविले । उतिखेर गोरखापत्र हप्तामा केवल २ पटक प्रकाशन गरिन्थ्यो भनें दैनिक आवाज र कविताका त यी सम्पादक नै थिए ।

नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उन्का कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरु पाइन्छ, वसुधैव कुटुम्बकम लाई यिनका कविता जति कस्ले पो चित्रण गर्न सक्लान र? शायद यस कविता भनें उनले स्वतन्त्रताको घोतकका रुपमा लेखेका हुनपर्दछ ।
बहुला
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छुस
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छुस
आवाज कानले सुन्न पाओस् भन्छुस
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छुस
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
बहुलापनामा उनको स्वतन्त्रता, देशमोह अनि प्रजातान्त्रीक अभिव्यक्तिको स्वाद छ, राणा शाषन ढलेपछिको उनको उो कविता पनि नपस्कि बस्नै सकिएन्, कविताको शिर्षक हो, बा आउनुभएन् ।
पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ,
बा आउनु भएको छैन ।
युग बद्लिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जंजीर टुटिसक्यो,
युगकविले धार्मीक आस्थाका बिषयमा देवीघाट विषयक कविता पनि लेखेका छन्। यिनका कृतीहरुमा बिर्सन नसकिने केही नेपाली अनि नेपाल भाषाका कृतीहरुको नाम प्रस्तुत गर्न चाहन्छौं । नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।
हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ १
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।
उल्लेखित बिचार कवि श्रेष्ठका आफ्नै शव्दहरु साभार गरिएको हो, शायद हिजो थिएन कवि सिद्धिचरण तर अबका दिनमा सधै हुनेछ र रहिरहनेछ आफ्ना कृती अनि शव्दमार्फत । कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुगांको गाम्नाटारमा यिनको नाममा हाईस्कुलनै स्थापना गरिएको छ । यूगलाई कवितामार्फत संबोधन गरेका यूगकविको मृत्यू भने बि सं २०४९ सालमा भएको हो । हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ, यस वर्ष पनि कवि श्रेष्ठलाई संझना अनि साधुवाद।





ताप्लेजुङ । तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्ले...

इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा सहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । अस्पताल...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले शनिब...
९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई ...
इरान । इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ। दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्क...

काठमाडौं । ०८३ साल वैशाखयता शनिबार (जेठ १०)सम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर गरेर ७० जनाले ज्यान गुमाएका छन् । पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम ...

काठमाडौँ – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०...

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ । पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई म...