मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गङ्गादशहरा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं
मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।
ब्रह्माको श्रोत, पार्वतीको शक्ति, नीलकण्ठ सदाशिव, मेरा पापहरूबाट मलाई पूर्ण मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव नीलकण्ठको जयजयकार होस् ।

गोसाईंकुण्ड सृजना र नीलकण्ठ शिव समुन्द्र मन्थनका क्रममा समुन्द्र वाट धेरै कुराहरू निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पत्ति र स्थापित भए । यस क्रममा महासागर वाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरूलाई असर गर्न थाल्यो, भगवान् विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो । शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैँ । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाविद्याको स्वरूपमा प्रवेश गरी विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सीमित पार्नुभयो । यसरी निलो घाँटी भएका नीलकण्ठ भगवान् गएर त्रिशूल प्रहार गरी बनाएको कुण्ड नै गोसाईंकुण्ड हो ।
पवित्र कुण्ड गोसाईंकुण्ड समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईंकुण्ड (गोसाईंको अर्थ भगवान् र कुण्ड पवित्र पोखरी हो) भगवान् शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ। सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान् निलाद्री पर्वतमा आई त्रिशूल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ। जिन्दगीमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्डमा यस दशमी तिथिबाट समापन भएको छ । यस दशमीलाई गङ्गा दशहरा पनि भनिन्छ, यस दिन गोसाईंकुण्डमा विशेष घुँईचो रहने र देश विदेशबाट दर्शनार्थि जाने चलन रहन्छ, त्रिभुवन त्रिकालदर्शी भगवान् शिवले सबैको कल्याण गर्नुहोस् ।


गङ्गादशहरा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गङ्गा दशहराको अर्थ
दश योग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गा जलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।
गङ्गा दशहरा व्रतको पौराणिक महत्त्व
पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गा दशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ । अनि भनिन्छ, आजकै दिन धर्तीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गा जलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।
के तपाईं गोसाईं कुण्ड मेलामा जानु भएको छ ?
आज के के गरिन्छ?
गङ्गा दशहराको अवसर पारेर नेपालको धार्मिक स्थल गोसाईं कुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्छ । उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरू गोसाईंकुण्ड पुग्ने गर्थे । यसरी धार्मिक मेलामा जाने भक्तजनले आफूले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यो मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ । गोसाईं कुण्डमा यो किसिमका मेला वर्षको दुई वटा ठूलो पर्व भएको बेला लाग्ने गर्छ । अर्को ठुलो पर्व जनै पूर्णिमाको दिन पर्छ । गङ्गा दशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गर्छ ।





काठमाडौं । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम...

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार...

काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्...

नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको म...

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी ...
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा १६औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। कर्णाली प्रदेशका सबै जिल्लाका खेलाडीहरूको उत्साहज...

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको समस्याग्...