मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।

यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।


वायु अष्टमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हिन्दू धर्म तथा वैदिक परम्परामा प्रकृतिका विभिन्न शक्तिहरूलाई देवताका रूपमा सम्मान गर्ने चलन रहिआएको छ। तीमध्ये वायु देवलाई जीवनको आधार, प्राणशक्ति तथा सम्पूर्ण जीवजगतलाई चलायमान बनाउने शक्तिका रूपमा मानिन्छ। वायु देवप्रतिको श्रद्धा, सम्मान र आराधनास्वरूप मनाइने पर्व नै वायु अष्टमी हो। यो पर्वले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई स्मरण गराउँदै वायु अर्थात् हावाको महत्वलाई उजागर गर्दछ।
वैदिक साहित्यमा वायु देवलाई प्रमुख देवतामध्ये एक मानिएको छ। ऋग्वेदमा वायु देवको महिमा वर्णन गर्दै उहाँलाई जीवनदायी शक्ति तथा सम्पूर्ण प्राणीको प्राणका रूपमा चित्रण गरिएको पाइन्छ। हिन्दू दर्शनअनुसार प्रत्येक जीवित प्राणीको अस्तित्व प्राणवायुमा निर्भर हुन्छ। मानिसले एकछिन भोजन वा पानीबिना बाँच्न सक्ला, तर वायुबिना जीवन सम्भव छैन। यसैले वायु देवलाई जीवनका संरक्षक तथा स्वास्थ्यका अधिष्ठाता देवता मानिन्छ।
वायु अष्टमीका अवसरमा भक्तजनहरूले वायु देवको पूजा–आराधना गरी स्वास्थ्य, दीर्घायु, सुख–समृद्धि तथा रोगबाट मुक्तिको कामना गर्दछन्। यस दिन स्नान गरी शुद्ध भई पूजा गर्ने, दीप, धूप, फूल तथा नैवेद्य अर्पण गर्ने र विभिन्न मन्त्र जप गर्ने परम्परा रहेको छ। कतिपय स्थानमा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठानसमेत गरिन्छ। यस पर्वले शरीर, मन र वातावरणलाई शुद्ध राख्न प्रेरित गर्नुका साथै प्रकृतिप्रतिको सम्मान व्यक्त गर्ने अवसर पनि प्रदान गर्दछ।
योगशास्त्र तथा आयुर्वेदमा वायुको विशेष महत्व रहेको छ। शरीरभित्र कार्य गर्ने प्राण, अपान, समान, उदान र व्यान गरी पाँच प्रमुख वायुहरूको अवधारणा हिन्दू दर्शनमा उल्लेख गरिएको छ। यी वायुहरूको सन्तुलनले शरीरलाई स्वस्थ राख्ने विश्वास गरिन्छ। त्यसैले वायु अष्टमीलाई केवल धार्मिक पर्व मात्र नभई स्वास्थ्य, जीवनशक्ति र आन्तरिक सन्तुलनसँग जोडिएको पर्वका रूपमा पनि हेरिन्छ।
आजको समयमा बढ्दो वायु प्रदूषण, वातावरणीय असन्तुलन तथा प्राकृतिक स्रोतहरूको दोहनले मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर पारिरहेको छ। यस्तो अवस्थामा वायु अष्टमीले स्वच्छ हावा, हरियाली संरक्षण तथा वातावरणप्रति जिम्मेवार बन्ने सन्देश दिन्छ। प्रकृतिको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सके मात्र स्वस्थ र समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने चेतना यस पर्वले प्रदान गर्दछ।



अस्ट्रिया विरूद्धको जारी खेलमा गोल गरेर अर्जेन्टिनाका लिओनल मेसीले विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान कायम गरेका छन्। उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक ग...
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै फुटबल इतिहासमा नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। डल्लासमा भएको खेलमा ३८औँ मिनेटमा गोल गर्दै मेस्सी विश्वकप इतिहासकै स...
८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अ...
काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले जारी फिफा विश्वकप २०२६ मा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिँदै अर्जेन्टिनाका लागि ‘वान म्यान आर्मी’ को भूमिका निभाएका छन् । समूह ‘जे’ अन्तर...
फिफा विश्वकपअन्तर्गत अस्ट्रियाविरुद्धो खेलको पहिलो हाफमा अर्जेन्टिनाले १-० गोलको अग्रता कायम गरेको छ । अमेरिकाको डालसमा जारी खेलमा लियोनल मेस्सीको गोलमार्फत अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हा...

काठमाडौं । अटोमोबाइल ब्राण्ड जीडब्लूएम (ग्रेट वाल मोटर) को नेपालस्थित आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी 'ओरा ५' भित्र्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्य...
काठमाडौं । फिफा विश्वकपमा अहिले युरोपेली टिम अस्ट्रिया र दक्षिणी अमेरिकी डिफेन्डिङ च्याम्पियन टिम अर्जेन्टिानबीच खेल भइरहेको छ । समूह जे को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको छ...

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीनजिक आज बा१४च ४८२० नम्बरको निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरूमा बा८९प ६४८६ मोटरसाइ...