मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
३ दिन पछि
असार २०८३आइतवारJun 21, 2026🌓

रवी सप्तमी व्रत / संगीत दिवस / अन्तर्राष्ट्रिय बुवा दिवस / विश्व योग दिवस

जेठ शुक्ल सप्तमी

सूर्योदय:५ : ०८
सूर्यास्त:१९ : ०२

नोटस्

आगामी दिनहरू

अन्तर्राष्ट्रिय बुवा दिवस

अन्तर्राष्ट्रिय बुवा दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार चाहिँ विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ ।


चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।

मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस्

मोनोगाह खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन

सन् १९०७ को कुरा हो, अमेरिकाको मोनोगाह भन्ने ठाउँमा खानीमा कामदारहरू भएकै बेलामा ठुलो विस्फोट भयो । यसमा २५० जना बालबच्चा भएका परुषहरू सहित कुल ३६७ जना पुरुषहरूको मृत्यु भयो । अनि सन् १९०८ बाट नै वेस्ट भर्जिनियाकी एक जना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुवा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुवा बितेका सबैलाई आफ्नो बुवाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरेकी थिइन । यसरी यस चलन विश्वभर प्रचलन हुँदै गयो ।


चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुवाहरूको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला, जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी कोटी नमन गरौँ ।

रवी सप्तमी व्रत

रवि सप्तमी व्रत

विशेष अडियो सामग्री

0:00 / 0:00

जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम्।

तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम्॥


घंटी फूल जस्तै रातो, कश्यपको पुत्र, अन्धकार र पापको विनाशकर्ता, र दिव्य ज्योति दिने तेजस्वी सूर्य भगवानलाई म प्रणाम गर्दछु।


के यहाँहरूलाई थाहा छ ?

हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ ।

यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

विश्व योग दिवस

विश्व योग दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।

अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्ययता जस्ता योगका अनेकौँ आयाम छन् ।


अभौतिक सांस्कृतिक सम्पदाको रूपमा योगसुत्र

हजारौँ वर्ष पहिले पतञ्जलि नामका महात्माले सुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौँ । पतञ्जलिको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान विधिका रूपमा प्रयोग गरेका थिए र १९ औँ शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउन कालागि भएको योगदान महत्त्वपूर्ण छ । मुस्लिम समुदायमा समेत यसलाई योग सूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।

विश्व योग दिवसको पृष्ठभूमि

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

नेपालमा योग को प्रवर्धन

विसं २०४८ चैत १५ गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो र यसको मुख्य उद्देश्य चाहिँ आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थलाभ र नैरोग्यताको बिगुल फुक्नु नै थियो । यसपछि काठमाडौँ बाहिर को विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गर्न विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी सुरुवात भयो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसा पूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।


नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई ६ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको छ । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन । आजका दिन हामी योग अध्ययनलाई पनि जीवनको लक्ष्य बनाएर अघि बढ्न युवापुस्तालाई आव्हान गर्न चाहन्छौँ ।


हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।

संगीत दिवस

विश्व सङ्गीत दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ |

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()