
अजा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अजा एकादशी
अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ ।
भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।

अजा एकादशी व्रतकथा
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।
सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।
राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
सबैलाई शुभकामना ।

भाद्र २२ गते निजामती ऐन ल्याएको दिन
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।
म्याक्श वेवरका अनुसार
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् ।
उनका अनुसार राज्यको इच्छा लाई साकारतुल्याउन अनि राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइक्न हामीले चुनेर पठाएका प्रतिनिधीहरु र तिन्को जनताप्रतिको अभिारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रि अभ्यासले सुनिश्चिित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशाशन अनि सुलभ राज्यको पहुँचमा छैनन ।
राज्य अहिले पूर्नसंरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस ताकि उनिहरुले आफ्नो दायित्व पूरा गर्न कुनै चोरवाटो अवलम्बन गर्ने जरुरत नहोस । बनेका प्रतिवेदन र योजनाहरु लागु फाइलमा मात्र थन्किनको साटो लागु होस्, नयाँ नेपाल श्रृजनामा निजामती कर्मचारीको आदर्श र मनोवलमा कतैवाट आँच नआओस । हामीमध्य धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ, भोलि गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ वनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनिती र कर्मचारीतन्त्रविच स्पष्ट सिामङ्कन होस, एउटा पारदर्शि, सेवामुखी र भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण होस ।
-निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको सबैलाई शुभकामना ।





