संतानको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

जेनजी शहीद दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
जेनजी शहीद दिवस केवल एउटा सम्झना गर्ने दिन मात्र होइन; यो त देशमा परिवर्तन, सुशासन र जवाफदेहिताका लागि उठेको युवा आवाजलाई सम्मान गर्ने एक महत्त्वपूर्ण दिन हो। आफ्नो भविष्य सुरक्षित र देशको शासन व्यवस्था पारदर्शी होस् भन्ने चाहनासहित लाखौँ जेनजी युवाहरू सडकमा उत्रिएका थिए। देश र परिवर्तनका लागि उनीहरूले देखाएको त्याग, साहस र बलिदानलाई सम्झने दिनका रूपमा मनाइने यो दिवसको छुट्टै ऐतिहासिक महत्त्व छ।
भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै वि.सं. २०८२ भदौ २३ र २४ गते जेनजी युवाहरूले आन्दोलन गरेका थिए। उनीहरूको यो आन्दोलन केवल तत्कालीन सरकारप्रतिको असन्तुष्टि मात्र थिएन; यो त पुराना शैलीको शासन व्यवस्थामाथिको प्रश्न र नयाँ, उत्तरदायी तथा पारदर्शी पद्धतिको स्पष्ट माग थियो। तर परिवर्तनको त्यो आवाजले ठूलो मूल्य चुकाउनुपर्यो। आन्दोलनका क्रममा धेरै युवाहरूले ज्यान गुमाउनुपर्यो, जसले गर्दा कतिपय परिवारले आफ्ना प्रिय सन्तान गुमाए। उनीहरूको निधनले परिवारमा कहिल्यै पुरिन नसक्ने क्षति त पुर्यायो नै, देशभरिका युवाहरूको मनमा गहिरो पीडा र आक्रोश पनि थपिदियो। उनीहरूले देखेको परिवर्तनको सपना र त्यसका लागि दिएको आहुति युगौँसम्म स्मरणीय रहनेछ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको कदर गर्दै पूर्वप्रधानन्यायाधीश तथा नेपालको इतिहासकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आन्दोलनका शहीदहरूलाई औपचारिक मान्यता दियो। वि.सं. २०८२ मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सम्झनामा ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको थियो।
यो निर्णयको मूल उद्देश्य जेनजी युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य, पारदर्शिता र सुशासन स्थापनाको अठोटलाई संस्थागत रूपमा अगाडि बढाउनु हो। यो दिवसले शहीदहरूको सम्झना मात्र गराउँदैन, उनीहरूले उठाएका जायज मागहरूलाई राज्यले कत्तिको गम्भीरतापूर्वक आत्मसात् गरेको छ भन्ने प्रश्न पनि खडा गर्छ।
जेनजी शहीद दिवस मनाइरहँदा ती युवाहरूको सपना र उनीहरूका परिवारको पीडा दुवैलाई आत्मसात् गर्न जरुरी छ। ती गुमाएका जीवनहरू अब फर्केर आउने छैनन्, तर उनीहरूले बगाएको रगत र उठाएको आवाजलाई जीवित राख्नु समाज र राज्य दुवैको दायित्व हो।
यो दिवसले हामीलाई के सम्झाउँछ भने, हरेक ठूलो परिवर्तनले कहिलेकाहीँ निकै भारी मूल्य माग्छ। त्यो मूल्यलाई इतिहासको एउटा पानामा मात्र सीमित नराखी जिम्मेवार शासन र सुन्दर भविष्य निर्माण गर्ने प्रेरणाका रूपमा लिनुपर्छ। जेनजी शहीदहरूको बलिदानको सच्चा सम्मान त्यतिबेला मात्र हुनेछ, जब उनीहरूले कल्पना गरेको पारदर्शी, जवाफदेही र सुशासित नेपालको सपना व्यवहारमा रूपान्तरण हुनेछ।
जेनजी शहीदहरूले देखेका सपना र उठाएका आवाजहरूलाई वर्तमान सरकारले पूरा गरोस्। नेपालको इतिहासमा पुनः परिवर्तनका लागि यस्ता बलिदानी आवाजहरू उठाउन नपरोस् र राज्यले युवाहरूको यो त्यागलाई सधैँ मनन गरोस्।
जेनजी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली!


प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


अन्तर्राष्ट्रिय साक्षरता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय साक्षरता दिवसको पृष्ठभूमि
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्व स्फूर्त रूपमा मनाउने गर्दछन् । सबै जना साक्षर हुनु सबै जनाको दायित्व हो, नेपालको परिपक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ ।
विश्व साक्षरता रिपोर्ट
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि अ साक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन्, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् | ‘शिक्षा धनं सर्वप्रधानम"


विश्व फिजियोथेरापी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
फिजियोथेरापी दिवस को पृष्ठभूमि
विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ|
सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |
त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।
नेपालमा फिजियोथेरापीको इतिहास
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौँ तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवा प्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्धन्द पश्चात् विसं २०६३ पछि अगंभंग र घाइते सैन्य दस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । नेप्टा भनेर नेपाली फिजियोथेरापीस्ट हरूको पेशागत सङ्गठनको उपस्थिति रहेको छ ।

