छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

सप्तमी श्राद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्।
सप्तमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।


विश्व अहिंसा दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
आज हामी अहिंसाको धारणालाई अगाडि बढाउन मद्दत गर्ने व्यक्तिको जन्मदिन मनाउँछौँ , जुन व्यक्तिले गत शताब्दीमा शान्ति र सद्भावका विषयमा ठुलो प्रभाव पारेको भन्ने बताइन्छ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।अक्टोबर २, अर्थात् विश्व अहिंसा दिवस, विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।
गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि को एउटा कृति अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।
कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरूमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्ति संकेतयुक्त बिगुल सुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरूका आधारमा गरिने हिंसा नभइदिने हो भने अमेरिकी स्वतन्त्र सङ्ग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबै जना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन।
आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतिका छौँ। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहर निया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरूको बीजारोपण गर्न जरुरी छ र यही शान्तिको अकुंरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे बाइबल होस या त्रिपिटक या अन्य कुनै पनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिँड्ने, "अहिंसा परमो धरम" अर्थात् हिंसा नगर्नु नै सबैभन्दा ठुलो धर्म हो । मुस्कुराउन नछोड्नुहोला, हिंसात्मक भावहरूलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।
जय होस सबैको, सबैको मङ्गल होस् ।


विश्व मुस्कान दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ।वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।









