धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। पारिवारिक विषयवस्तुमा केही समस्या देखिन सक्छ त्यसर्थ सावधान रहनुहोस्। व्यापार व्यवसायभन्दा सेवामूलक कार्यले आफूलाई चिनाउन सकिनेछ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। कसैमाथि छिट्टै विश्वास गर्नु तपाईंको लागि हानिकारक हुनसक्छ । स्वास्थ्यमा श्वासप्रश्वास वा चर्मरोगसम्बन्धी समस्या रहेको छ भने समाधान हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। यो महिनाभरी भगवान विष्णुलाई तुलसीदल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: