धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैयाको कारण विघ्न बाधाहरु आउनेछ। गुरुको सप्तम स्थानमा गोचर शुभ फलदायी रहनेछ। घर परिवारमा विवाह आदिको मांगलिक कार्य सम्पन्न हुनेछ। नजिकका व्यक्तिहरूबाट साथ मिल्नेछ। कार्य क्षेत्रमा प्रशंसाको पात्र बन्नुहुनेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने विचार गरेर आफ्नो अभिव्यक्ति राख्नुपर्ने हुन्छ । सामाजिक कार्य पूर्ण गरेर उदाहरणको पात्र बन्न सक्नु हुन्छ। आफ्नो लागि समय अवश्य पनि निकाल्नुहोस्। आध्यात्मिक क्षेत्रमा राम्रा योगहरू बनिरहेका छन्।
वैशाख : आर्थिक संकट
जेठ : शत्रुनाश
असार : लामो यात्रा
साउन : स्वास्थ्य कमजोर हुने र चिन्ता
भदौ : मानहानि हुने
असोज : कार्यसिद्धि धनलाभ
कार्तिक : श्रीप्राप्ति
मङ्सिर : हानि नोक्सानी बढ्ने,सम्बन्धमा समस्या
पुस : स्थान परिवर्तन
माघ : स्वास्थ्य समस्या
फागुन : अधुरा काम पूरा हुने
चैत : पारिवारिक समस्याले सताउने
कार्यक्षेत्र
व्यापार व्यवसायको दृष्टिले यो वर्ष धनु राशिहरूको लागि सामान्य रहनेछ। चुनौतीपूर्ण कार्यहरूमा सफलता मिल्नेछ। कपडा व्यापार स्टेसनरी व्यापार लाभदाइ रहनेछन्।
प्रेम सम्बन्ध
पारिवारिक समस्याहरूबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आफूभन्दा साना भाइबहिनीहरु सँग राम्रो सम्बन्ध स्थापित हुनेछ।
स्वास्थ्य
श्वास्थ्यलाई लिएर यो वर्ष हजुरको सामान्य रहनेछ। नशा सम्बन्धी समस्या बढ्नेछ। रक्तचाप आदि समस्या रहेको छ भने सचेत रहनुहोस्। यो वर्ष स्वास्थ्यलाई लिएर बेवास्था नगर्नुहोला।
शिक्षा
विद्यार्थीहरूलाई शिक्षाको दृष्टिले यो वर्ष उत्तम रहनेछ। शिक्षालाई लिएर विदेशतिर जाने अवसर मिल्नेछ। व्यवस्थापन तथा आध्यात्मिक क्षेत्रमा विद्यार्थीले उच्च सफलता पाउनेछन्।
शुभ रंग
रातो, पहेलो, सुन्तला र गुलाबी
शुभ अंक
३,५ र ९
शुभ बार
बुधबार, बिहीबार र शुक्रबार
शुभ महिना
जेठ, असोज, कार्तिक र फागुन
उपाय
शनि संकटा मन्दिरमा गएर बत्ती बाल्ने। भगवान शिवलाई रुद्राभिषेक गरेर आफ्नो भाग्यलाई राम्रो बनाउनुहोस्। अशक्तहरूको सेवा गर्नुहोस्।
View All yearly Rashifal


Liked by: