मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूलाई यो महिना लाभदायक रहनेछ। कार्यक्षेत्र वा घरपरिवारमा सबैको भरपूर सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ। परीक्षाको तैयारीमा लागिरहनु भएकालाई विशेष लाभदायक समय रहनेछ। नौकरी वा पेशामा मनपर्दो स्थानमा सरुवा हुन सकिनेछ। लामो दूरीको यात्राको योग छ। रोकिएका काम सम्पादित हुनाले मन प्रसन्न रहनेछ। उच्च शिक्षाको लागि विदेशतिर ताक्नेहरूलाई बाधा आउनेछ। सवारी साधन जुटाउने योग छ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: