मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सावधान रहनुपर्ने देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। साताको मध्यमा आँटेको कार्यमा सफलता पाइनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। सदैव गणेशजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला। यो साताको शुभ रंग हल्का हरियो र निलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
View All weekly Rashifal


Liked by: