सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा नोकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस्। कारोबार विस्तारको योजनाहरू बन्नेछन्। साताको मध्यमा नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सकिनेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोला। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। सदैव कालभैरवको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र सिन्दुरी हो भने शुभ अंक १ र ८ रहेको छ।
View All weekly Rashifal


Liked by: