निजामती सेवा दिवस/अन्तर्राष्ट्रिय साक्षरता दिवस/विश्व फिजियोथेरापी दिवस


निजामती सेवा दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
भाद्र २२ गते निजामती ऐन ल्याएको दिन
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।
म्याक्श वेवरका अनुसार
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् ।
उनका अनुसार राज्यको इच्छा लाई साकारतुल्याउन अनि राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइक्न हामीले चुनेर पठाएका प्रतिनिधीहरु र तिन्को जनताप्रतिको अभिारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रि अभ्यासले सुनिश्चिित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशाशन अनि सुलभ राज्यको पहुँचमा छैनन ।
राज्य अहिले पूर्नसंरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस ताकि उनिहरुले आफ्नो दायित्व पूरा गर्न कुनै चोरवाटो अवलम्बन गर्ने जरुरत नहोस । बनेका प्रतिवेदन र योजनाहरु लागु फाइलमा मात्र थन्किनको साटो लागु होस्, नयाँ नेपाल श्रृजनामा निजामती कर्मचारीको आदर्श र मनोवलमा कतैवाट आँच नआओस । हामीमध्य धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ, भोलि गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ वनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनिती र कर्मचारीतन्त्रविच स्पष्ट सिामङ्कन होस, एउटा पारदर्शि, सेवामुखी र भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण होस ।
निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस

अन्तर्राष्ट्रिय साक्षरता दिवसको पृष्ठभूमि
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्व स्फूर्त रूपमा मनाउने गर्दछन् । सबै जना साक्षर हुनु सबै जनाको दायित्व हो, नेपालको परिपक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ ।
वर्ष २०२३ को अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा
'Promoting literacy for a world in transition: Building the foundation for sustainable and peaceful societies'.
सङ्क्रमणकालीन विश्वमा साक्षरताको प्रवर्धन, दीर्घकालीन र शान्तिपूर्ण समाजको पैरवी भन्ने अर्थ लाग्दछ । विभिन्न नाममा विभाजित विश्व समुदायलाई एकत्रित गर्न साक्षरताको महत्वलाई यस वर्ष विशेष ख्यालमा राख्दै शान्ति र समानताको पैरवी गरिएको हो ।
हात हातमा भएका मोबाइल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिँदा सञ्चार अनि समय व्यतित गर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।लेखिने अक्षरहरू र अकंहरुको महत्त्व एकदमै धेरै र अतुलनीय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरूसँग सबै जना मानवको परिचय नगराई कन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्दछ । अक्षर र अङ्कको महत्त्व अनि शिक्षाको उज्यालो मानव कालागि एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्साउँदछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्साउँदछ ।
विश्व साक्षरता रिपोर्ट
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि अ साक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन्, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् | ‘शिक्षा धनं सर्वप्रधानम"
विश्व फिजियोथेरापी दिवस

फिजियोथेरापी दिवसको पृष्ठभूमि
विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ |
सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |
त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।
नेपालमा फिजियोथेरापीको इतिहास
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौँ तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवा प्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्धन्द पश्चात् विसं २०६३ पछि अगंभंग र घाइते सैन्य दस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । नेप्टा भनेर नेपाली फिजियोथेरापीस्ट हरूको पेशागत सङ्गठनको उपस्थिति रहेको छ ।
सन् २०२३ को विश्वभरि फिजियोथेरापी दिवसको नारा
Arthritis भन्ने नाराका साथ यस वर्ष विश्वभरि फिजियोथेरापी दिवस मनाइदैछ । गठिया या बाथ रोगका रूपमा चिनिने यस समस्याले विश्वभरि समस्या सृजना गरेको छ । यसका विरुद्धमा जनचेतना फैलाउने र रोकथामका उपायहरू फैलाउने उद्देश्यले सन् २०२३ को यस दिवस केन्द्रित छ । जोर्नीहरूको पिडा र समस्यालाई केन्द्रमा राख्दै यस वर्ष फिजियोथेरापी दिवस को रूपरेखा तयार गरिएको छ ।
यस दिवसको सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल








