नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
विद्या ददाति विनयं विनयाद्याति पात्रताम्।
पात्रत्वाद्धनमाप्नोति धनात्धर्मं ततः सुखम्॥
शिक्षाले विनम्रता प्रदान गर्दछ, विनम्रताबाट योग्यताको प्राप्ति हुन्छ, योग्यताबाट धन आर्जन हुन्छ। धनबाट धर्मको पालन गर्न सकिन्छ, र धर्मबाट सुख प्राप्त हुन्छ।
यस श्लोकले शिक्षाको रूपान्तरणकारी शक्ति र यो कसरी जीवनलाई पूर्ण र धर्ममय बनाउन सहयोग गर्दछ भन्ने कुरालाई सुन्दर रूपमा व्याख्या गर्दछ।

अन्तर्राष्ट्रिय शिक्षा दिवस पृष्ठभूमि
शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्व पनि हो। संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सबै जना समक्ष नपुगुन्जेल सबैका लागि जीवनभरका अवसरहरू बिना, देशहरू लैङ्गिक समानता हासिल गर्न र लाखौँ बालबालिका, युवा र वयस्कहरूलाई पछाडि छोड्ने गरिबीको चक्रलाई तोड्न सफल हुनेछैनन्।
आज पनि २४४ मिलियन बालबालिका र युवाहरू विद्यालय बाहिर छन्, र ७७१ मिलियन वयस्कहरू निरक्षर छन्। उनीहरूको शिक्षाको अधिकार हनन भइरहेको छ जुन कुरा आजको विकसित विश्वमा लज्जास्पद छ । शिक्षामा रूपान्तरण गर्ने बेला अब आएको छ भन्ने नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा २०२५
यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा"AI and education: Preserving human agency in a world of automation" हो जसको अर्थ शिक्षा र आर्टिफिसियल इन्टेलीजेन्स, मानविय क्षमतालाई अटोमेसनको यूगमा जोगाउने भन्ने अर्थ लाग्दछ ।
यो विषय किन चयन गरिएको थियो?
यस नाराले तीव्र प्राविधिक प्रगतिका बीच मानवको स्वतन्त्रता र क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता झल्काएको छ । साथै वर्ष २०२५ मा हिंसा घटाउन र शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन सुनिश्चित गर्ने उद्देश्य पनि राखिएको छ ।
नेपालमा शैक्षिक सुधारका लागि नयाँ अभ्यासहरू के हुनुपर्छ?
सन् २०२० को सेप्टेम्बर मा संयुक्त राष्ट्र रूपान्तरण शिक्षा शिखर सम्मेलनले उद्घोष गरेको विश्वव्यापी गतिको निर्माण गर्दै, यस वर्ष शिक्षाको वरिपरि बलियो राजनीतिक परिचालन कायम राख्न र प्रतिबद्धताहरू र विश्वव्यापी पहलहरूलाई कार्यमा रूपान्तरण गर्ने विश्वका सबै राष्ट्रहरूलाई आह्वान गर्नेछ। विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु सङ्कटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तथ्यलाई आज थप उजागर गरिन्छ ।
युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा अफगानिस्तानमा शिक्षाको अधिकारबाट वञ्चित भएका बालिकाहरू र महिलाहरूलाई समर्पित गर्दैछ। यस वर्षको शिक्षा दिवसले उनीहरूको अफगानिस्तानमा भएको शिक्षामा पहुँच प्रतिबन्धित बन्देज तत्काल हटाउन आह्वान गरिरहेको छ।
विद्या धनं सर्वप्रधानम
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। केही जिल्लाका एसपी एसएसपीमा बढुवा भएका र केहीको एक वर्ष पूरा भएकाले जिल्ला प्रहरी प्रमुखसमेत हेरफेर गरिएको हो। प्रहरी प्रधान कार्याल...

सिच्याङ । चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ । उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको...

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वसहितको कार्यसमितिका लागि मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको हो । निर्वाचन समितिले केन्द्रीय...

काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले एसएसी पदस्थापनको निर्णय गरेका हुन् । रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा ...

सिमकोट – हिमाली जिल्ला हुम्लामा परम्परागत घर प्रतिदिन लोप हुने अवस्था पुगेका छन्। सडक सञ्जाल जोडिएसँगै स्थानीय बासिन्दाले जस्तापाता र आरसिसी भवन निर्माण गर्न थालेपछि पुराना परम्परागत घर लोप हुने अव...

कोशी टप्पु, सुनसरी — हिउँदे घाम बिहानैदेखि पर-परसम्म फैलिएको थियो । तैपनि राति शीत परेका घाँसपात ओभाइसकेका थिएनन् । पुष्पा र अञ्जलीलाई घाँस चर्न कुनै पर्वाहै थिएन । पेट अघाउन्जेल चर्ने, पानी खाने अ...
२४ पटकका ग्राण्ड स्ल्याम विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन २०२५ को सेमिफाइनल खेल बीचमै छोडेर बाहिरिएका छन्। शुक्रबार सर्बियाली खेलाडीले मांसपेशीको चोटका कारण खेल जारी राख्न नसक्ने भन्दै सेमिफाइन...
दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । जेष्ठ नागरिकहरुलाई न्यानो...