नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

नमस्ते गुरवे तुभ्यं शस्त्रास्त्रविदुषां वरम्।
धनुर्वेदप्रदातारं द्रोणाचार्यं नमाम्यहम्॥
"गुरु द्रोणाचार्यलाई नमन छ, जो शस्त्रास्त्रका महान् ज्ञाता हुन्। धनुर्वेद (अर्थात् धनुर्विद्या तथा युद्धकला) का ज्ञानदातालाई म नमन गर्दछु।"हिउँद ओरालो लाग्दै छ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमीको सबैलाई हार्दिक शुभकामना ।
शालिनदिवाट बज्रयोगिनी सम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्त्रगतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ । आजका दिन तस्मै अर्थात् खिर खाने चलन रहन्छ ।
द्रोण नवमीको नामकरण कहाँबाट गरिएको हो?
को हुन त द्रोण ?
द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, उहाँले कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्नुहुन्छ। उहाँ महाकाव्यमा चित्रित प्राथमिक सल्लाहकार र योद्धाहरू मध्ये एक हुनुहुन्छ। उहाँ असुरहरूका गुरु शुक्राचार्यका साथै महाबलीका मित्र हुनुहुन्छ। माताको गर्भमा उत्पति नभई द्रोणको उत्पति गर्भ बाहिर भाँडामा भएका कारणले वहाँलाई द्रोण भनिएको हो । संस्कृतमा द्रोणको अर्थ भाँडो भन्ने पनि लाग्दछ ।
कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको छ । गुरु बृहस्पतिका पूर्नजन्म मानिने द्रोण युद्धकला र हतियारका अनन्य जानकारी भएका थिए । महाभारतमा विशेष भूमिका रहेको द्रोणको नाममा राखिएको यस नवमीमा सबैको भलो होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११, सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई एक विकेटले पराजित गरेको छ । समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा सुखडसँ...
नवलपरासी। पर्यटन,कृषि,उद्योग र व्यापारको उत्सव-समृद्ध नवलपुरका लागि आठौं महोत्सव भन्ने मुल मन्त्र सहित शुक्रबार देखि पूर्वी नवलपरासीको डण्डामा महोत्सव हुने भएको छ । आयोजक संस्था नवलपुर उद्योग बाण...

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरेका छन् । बिहीबार राति सामाजिक ...
२४ माघ, काठमाडौं । साविक विजेता न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । धरान रंगशालमा ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले भेटेका छन् । ओलीले आफ्नो फेसबुकमार्फत टिकटकर मिस पवि र अंशु वर्मा आफूलाई भेट्न आएको बताएका हुन् ।

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकपछि सं...

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । आज आयोजित कार्यक्रममा बुढीगण्डकी...

काठमाडौँ — संघीय संसद्मा सरकारले पेस गरेका अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेबारेमा राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय लिने जसपा नेपालले जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र याद...