नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।
यो एकादशीले पृथ्वीमा रहेका सबै प्राणीहरूको उपासना गर्न आव्हान गर्नुका साथै तुलसी पातको विशेष माग गर्छ । गोलोक धामका श्रीहरिको कृपा वर्षा गर्ने यो एकादशीमा व्रत लिने, फलाहार मात्र गर्ने र कीर्तन भक्ति गर्नेहरूलाई विजय प्राप्त हुने सङ्कल्प हुन्छ ।
महाभारत र रामायण बाट
विजया एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ । यो एकादशी व्रतले महाभारतमा पाण्डव अनि त्रेता युगमा भगवान् रामलाई विजयको शंखनाद गर्न शक्ति प्राप्त भएको मानिन्छ । विजयको फल दिने यो फाल्गुन एकादशीमा यहाँहरू सबैलाई स्वागत छ ।
श्रुति अनुसार, श्री कृष्णले युधिष्ठिरसँग यो एकादशीको व्रत गर्नाले सबैलाई विजय मिल्नेमा सन्देह छैन भन्नुभएको छ । अनि कृष्ण पनि स्वयंले यो एकादशीको महिमा नारद मुनीबाट जानेको र यसरी यस महिमा आफू पछाडि युधिष्ठिरलाई नै बताएको भन्नुभएको छ ।
यो एकादशीको महिमा वर्णन गर्दा रामायणमा चाहिँ योगी वकदालभ्यको चर्चा पाइन्छ । यी मुनीले रामलाई यो एकादशीको महिमा बताएपछि राम र उनका सेनाले लङ्का जाने समुन्द्र पार गर्न र विजय हासिल गर्न सफल भएको मानिन्छ ।
धेरै कालअघि भगवान् श्रीराम वनवास गएको बेला रावणले सीतालाई छलकपट गरी हरण गरे । सिता हरण गरी लगेपछि उनै सीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै राम समुद्रको किनारमा पुग्नुभयो ।

तपाईं विजया एकादशीको पालना कसरी गर्नुहुन्छ?
त्यहाँ एउटा मुनिलाई दण्डवत् गरी आफ्नो सबै दुःख सुनाउँदा मुनीले विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लङ्कामा विजया प्राप्त गर्नुभयो । यही कारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो ।
अतः यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेको हो मान्यता हाम्रा धर्मग्रन्थ तथा श्रुतिहरूमा उल्लेख छ । यो दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत् यथाशक्ति एवं भक्तिका साथ व्रत गरेमा अवश्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्री स्कन्द पुराणमा उल्लेख गरिएको छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




शान्ति प्रक्रियापछिका लगातार चार वटा संघीय निर्वाचन र २ वटा स्थानीय तहको निर्वाचनमा माओवादी मधेसमा कहिल्यै पहिलो दल बन्न सकेन। मधेसको मुद्दा र एजेन्डा स्थापित गर्ने भूमिका माओवादी आन्दोलन र जागरणबा...
प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत चयन भएका छन् । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर...

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हटाउने तयारी भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड...
काठमाडौँ — जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । तर सीड...

१२ फागुन, काठमाडौं। बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहर...
न्यूजिल्याण्ड नवौँ संस्करणको आइसिसी च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ‘ए’ को खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड एक खेलअ...

दोधारा चाँदनी – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुने बताएका छन्। महेन्द्र...