नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
के तपाईंको परिवारमा कसैले प्रदोषको व्रत लिने गर्नुभएको छ ?





काठमाडौँ- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा फर्केर पढ्न नचाहने नेपाली विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले पढ्ने अवसर दिने भएको छ। नेपाली विद्यार्थ...
काठमाडौं । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बंगलादेशको काउर्न बजार प्रगति संघलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा मंगलबार ...

ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको...
काठमाडौं . बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्। खाँलाई नेपालगञ्ज उपमह...

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबीचको विद्युत् आदान–प्रदान समितिको बैठकले १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आयात–निर्यात गरिने विद्युत्को नयाँ दर तय गर्ने विषयमा ऊर्जामन्त्री दी...

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा भएको मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिएका छन् । उनले आज रातिदेखिनै भक्तजनलाई सहज...
पोखरा । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रङ्गशालामा बुधवार उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । हालसम्म उपा...

भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने १३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी...