नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


अन्तर्राष्ट्रिय मातृभाषा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को सम्भावित विषयवस्तु "Make Languages Count for Sustainable Development" "दिर्घकालिन विकासका लागि भाषाहरूलाई महत्त्व दिऔं" रहनेछ । यस वर्षको दिवस २५औं वार्षिकोत्सवको रुपमा मनाइने भएकाले यसले भाषागत विविधता र बहुभाषिकताको महत्त्वलाई उजागर गर्दै विश्वव्यापी विकास लक्ष्य हासिल गर्न यसको योगदानलाई जोड दिनेछ।
नेपालमा बोलिने भाषाहरू
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।
यसअघि भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए ।राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो ।
सबै भाषाको रक्षा र संवर्द्धनमा सरोकारवालाको ध्यान पुगोस्, अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य उद्देश्य के हो?




डिआइजी बढुवामा निरीह देखिए सशस्त्रका आइजिपी: वरियता छाडेर नेताको 'बहिनी ज्वाइँ' को सिफारिस ७ मिनेट अघि A A काठमाडौं : सशस्त्र प्रहरी बलमा हालै भएको डिआइजी बढुवा सिफारिसमा योग्यता र वरियता भन्दा...

नयाँदिल्ली । एकातिर रूस–युक्रेन युद्ध अन्त्यका लागि पहल भइरहेको छ भने अर्कोतर्फ रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको खबर बाहिर आएको छ । युक्रेनी अधिकारीहरूका अनुसार, अघिल्लो दिन रूसी आक्रमणमा...

गार्डेन राई सोलु, फागुन ९ गते । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शुक्रबार २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम...

सिराहा । अलग–अलग घटनामा मारिएका रिंकुकुमारी सदा र प्रकृति लम्सालका लागि न्याय माग गर्दै सिराहाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शुक्रवार सिराहाको नवराजपुर १ भगवतीकी रिंकुकुमारी सदा र प्रकृति ...

सिमकोट– कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक पहिलो पटक कालोपत्रे हुने भएको छ। करिडोरको उत्तर दक्षिण सडक खण्डको खुलालु सलीसल्ला सडक आयोजनाले उक्त खण्डको सडक सडक स्तर...

एजेन्सी । अमेरिकी कृषि विभाग (यूएसडीए) ले ग्रामीण र कम अवसर भएका क्षेत्रका विद्यार्थीहरूका लागि रहेको कलेज छात्रवृत्ति कार्यक्रम निलम्बन गरेको छ। यूएसडीएको वेबसाइटमा उल्लेख गरिए अनुसार यो कार्यक्र...
काठमाडौँ — सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल परेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्ब...

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्।