नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व क्षयरोग दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।
सन् २०२५ नाराको हामी सबै मिलेर क्षयरोग अन्त गर्न सम्भव छ भनेर विश्व समुदायलाई हौसला दिएको छ ।
ट्यूब्रक्लोसीस के हो?
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहिँ ट्यूब्रक्लोसीस अर्थात् Tuberculosis हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।
आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।
नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरू को उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य आज २०२५ सम्म पनि पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

तपाईंको विचारमा क्षयरोग विरुद्ध जनचेतना फैलाउन सबैभन्दा प्रभावकारी माध्यम कुन हुन सक्छ?
स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गर्दछ भनेँ सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोग विरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग विरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि राख्दछ ।
३ हप्ता या बढी देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर जँचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो सङ्क्रमणले सहजै डेरा जमाउन सक्दछ ।
५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरूमा, चुरोट रक्सी या लागु औषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरूमा यस सङ्क्रमण फेरि देखिन सकिन्छ ।औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै विवेकी कार्य हो हैन र ? यस रोग विरुद्ध सबैजना सचेत बनौँ अनि स्वस्थ रहौँ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




मनाङ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको मनाङलाई जोड्ने एक मात्र स्थलमार्ग बेसीसहर–चामे सडक पाँच घण्टापछि सञ्चालनमा आएको छ । सोमबार दिउँसो लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेको अक्टोपस झरनानजिक...

सहकारी ठगी प्रकरणमा मुद्दा झेलिरहेका रास्वपाका सभापति रवि लामिछानेले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सांकेतिक विरोध गरेका छन् । सोमबार मध्यराति फेसबुक लाइभमा आएका उनले केही न...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको मैनबत्ति बालेर सांकेतिक विरोध गरेका छन्।

2.5K SHARES नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असहमति जनाएका छन्। उनले सरकारको यो कदम...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने कार्य प्रति असन्तुष्टि जनाएका छन्। थापाले अफिसियल पेजमा लेख्दै सरकारको निर्णयलाई ...

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका ...

काठमाडौँ। नागरिकअगुवाहरुले संविधानलाई जोखिमतर्फ धकेल्ने प्रयास नगर्न पूर्वराजालाई चेतावनी दिएका छन्। सोमबार मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुर...

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको रवि लामिछानेले फेसबुक लाइभमा आएर सांकेतिक विरोध गरेका छन् ।