नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सुन्न ट्याप गर्नुहोस्
सप्तमी 'फूलपाती'
दुर्गा बीज मंत्र
ॐ ह्रीं दुं दुर्गाय नमः
दुर्गा भवानीको कृपा सबैमा रहोस् ।
माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ ।
ॐ देवी कालरात्रि नमः
सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।
उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।
यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।

नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
पृष्ठभूमि:
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।
विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।
अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रूपमा लिङ्गे पिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौँदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।

अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वास्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायित्व हो, दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौँ ।
बढ्दो आत्महत्या, डिप्रेसन र अन्य मानसिक रोगहरूको बखतमा जिन्दगीलाई माया गर्ने सरलताको आवश्यकता सबैलाई छ । स्मरण रहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा डिप्रेसनको सिकार भइरहेका छन् , खुसी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिकस्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाया को पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।





काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले माओवादी नफुटाउने दाबी गरेका छन् । तर, अहिले माओवादी फुट्दैछ भनेर प्रचार गर्नेहरुले नै फुटाउने उन...
शारजाह । आईसीसी महिला टी–२० विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । बिहीबार भएको समूह बी अन्तरगतको खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी बनेको हो । बंगलादेशले प्रस्तुत गरेको ...

कुन पिठमा कसरी फूलपाती भित्र्याइयो ? आठ तस्बिर ५ मिनेट अघि हनुमान ढोका दरबारस्थित दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती बिहीबार भित्र्याइँदै। तस्बिर : रत्न श्रेष्ठ / रासस A A बडा दशैँको सातौ दिन...

काठमाडौं । व्यवसायी सुदीप आचार्यलाई दशैं भन्नेवित्तीकै पोखरा जाने गरेको याद आउँछ । काठमाडौंमा दशैं लागेपछि चिसो हावा चल्थ्यो र त्यो हावाले आफूलाई पोखराको बाटो तताउने दिन नजिक्याएको महसुस हुन्थ्यो उ...

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ। गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्...

काठमाडौँ — आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजा...

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा १६२ जुवाडेलाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवा...
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पहिलो विदेश भ्रमण तय भएको छ । प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया गर्ने तय भएको छ । प्रधानन्यायाधीश राउत २४ राति मलेसिया aजाने छन् । ...