नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पृष्ठभूमि
विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा मनाइन्छ।आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।
धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरू त्यति वेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटेल हरू नभएका त्यतीबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरू लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे, सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।
वर्ष २०२४ को नारा
वर्ष २०२४ को विश्व हुलाक दिवसको नारा भनेँ "150 years of enabling communication and empowering peoples across nations" रहेको छ । यूनिभर्सल पोष्ट यूनियनको स्थापनाको १५० औंवर्ष मनाउन यस वर्षको नारा केन्द्रित रहेको छ ।हुलाक कार्यालयहरूले एकताबद्ध र समावेशी समुदायहरुको श्रृजनामा महत्त्वपूर्ण भूमिका खेल्छन्। आजपनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने काम गर्दछन् । यस वर्षको विषयवस्तुले शताब्दीयौंदेखि विकसित भएको हुलाकको व्यापक भौतिक सञ्जाललाई पूरा गर्ने डिजिटल गर्दै एकल हुलाक क्षेत्रको विकासमा सहयोग गर्न सरकार र उनीहरूका हुलाक सेवाहरूलाई आग्रह गर्दछ।
विश्व हुलाक दिवसको सबैलाई शुभकामना, इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई बताउन जरुरी छ , कि कसो ?




भारत सरकारद्वारा ३८ करोडका स्टिल ब्रिजका पार्टपुर्जा नेपाललाई हस्तान्तरण नयाँ पेज २३:४८ बजे काठमाडौं : भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरक...

काठमाडौँ । साताअघिको विपद्का बेला जनताको उद्धार र राहतमा राज्य देखा नपरेको चर्चा भइरहेका बेला बुधबार काठमाडौँको बुढानिलकण्ठमा एक निजी रिसोर्ट उद्घाटनमा भने सिंगो मन्त्रीमण्डल हाजिर भएको छ । मन्त्...
भारतलाई एक खेल अगावै सिरिज एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । प...

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री दिएको छ ।
मकवानपुरको भीमफेदीमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको ...

काठमाडौं । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहको सूची सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै १२ जिल्लाका ७१ स्थानीय तहलाई आगामी ३ महिनाका लागि व...

हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा आज साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । हेटौँडाबा...

काठमाडौं । माछापुच्छ्रे बैंकले एम कार्डको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको कार्डमार्फत ग्राहकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम म...