नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

धन त्रयोदशी व्रत / धनतेरस
धनतेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धनतेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पा सनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।
धनतेरसमा भाँडाकुँडा खरिद
तपाईँ धनतेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।
धनतेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ। सम्पूर्ण नेपालीहरूलाई धनतेरसको मङ्गलमय शुभकामना।






काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।...

भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ । तस्बिरः झलनाथ ...

#तिहारको किनमेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको विज्ञापन बोर्ड गत वर्षको कार्यसम्पादनमा उत्कृष्ट भएको छ । सरकार र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंबीच भएको कार्य सम्पादन सम्झौत...
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा...
काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध कसिलो बलिङ गरेको छ । अमेरिकासँगको अघिल्लो खेलमा विकेटविहीन बनेका सन्दीप लामिछानेले पनि जारी खेलमा...
लुम्बिनी। रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर...
काठमाडौं । फ्लोरा एक्स्पो २०८१ रु ७२ लाखको कारोबारसँगै आज कसम्पन्न भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासहित काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म ...