मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् – हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।


विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिन्छ।विधानसभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउदै आएको हो।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै विभागीय मन्त्रीमाथि बिहीवार दिनभर अनौठो ट्रायल गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा उर्जा, जलस्रोत तथा...

भक्तपुर । भक्तपुर नगरपालिकाले आउँदो मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सव मूल समितिको छलफलमा समितिका अध्यक्ष एव...
काठमाडौँ, कात्तिक ८ गते । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ व...

अडानबाट पछि हटेनन् कुलमान घिसिङ, प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी नयाँ पेज २०८१ कार्तिक ८ बिहीबार २३:५१ बजे काठमाडौं : डेडिकेटेड र ट्र...
काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई मंसिर १५ बाट हुन लागेको नेपाल प्रि...

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादमा समाधान नहुँदै नेपाल विद्युत् प्राधिकरणले फेरि पनि उद्योगहरूको लाइन काट्न थालेको छ ।

दमौली – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको...

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुद...