मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

राधाष्टमी व्रत
भाद्र शुल्क पक्षको अष्टमी तिथिमा वृन्दावन नजिकै वर्सानामा राधाजीको जन्म भएको थियो र यसै दिनलाई राधा अष्टमी वा राधा जयन्तीका नामले लोकमा प्रसिद्ध छ । राधाजीको जन्म भगवान् श्रीकृष्णको साथ जगमा प्रेम भावलाई सार्थक गराउन भएको हो भन्ने मान्यता छ । जो व्याक्क्ति प्रेममा लिनहुन्छ त्यो राधाकृष्णको ज्वलन्त उदाहरण बन्दछ ।
एवं रितले यदि अष्टमी तिथि शुक्रवारका दिन पर्न गएमा उक्त अष्टमीको पवित्रतालाई राधाको जन्मसँग जोडेर राधा अष्टमी मनाउने चलन स्थापित भएको हो ।
'ॐ केशवाय नम: ॐ नाराणाय नम: ॐ माधवाय नम: ॐ ह्रषीकेशाय नम:'
जब हामी श्रीकृष्णको नाम लिन्छौँ त्यस बेला राधाजीको नाम पनि सँगै जोडिएर आउँछ । किनकि सबै भक्त राधाकृष्ण भनेर भन्ने गर्दछन् यो नाम दुई भएता पनि एक अर्काका लागि नै बनेको हो । यसलाई कसैले पनि अलग्याउन सक्दैन ।
राधा अष्टमीको नामले यो व्रतलाई चिनिन्छ, यो दिनको व्रत गर्नाले मनुष्य जीवनमा धनको कहिले कमी नहुने, घर परिवारमा प्रेम भाव बढ्ने र अन्त्यमा गोलोकमा पनि सुखद जीवन पाइने कुरा शास्त्रोक्त रहेको छ ।
यस दिन बिहान आफ्नो नित्यकर्म सकेर राधाजीको लागि सुन्दर मण्डप या आसन बनाएर राधाजीको मूर्तिलाई वस्त्र एवं आभूषणले सुसज्जित गर्ने र शोडशोपचार्ले या जे सामग्री उपलब्ध हुन्छ त्यसै सामग्री द्वारा श्रद्धा एवं भक्तिले पूजा गर्नु पर्दछ । विचारणीय कुरा के छ भने, यो पूजा मध्यान्ह कालमा नै गर्नु पर्दछ । यसरी गरिएको पूजा पश्चात् दिनभरि नै व्रत बस्ने या एक समय भोजन पनि गर्न सकिन्छ । व्रतको भोलिपल्ट विवाहितता व्रह्मण तथा व्राह्माणीलाई भोजन गराएर दक्षिणा दिने विधान छ ।
राधा अष्टमीको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





बागमती । प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ । हेटौँडा ...

दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ...

काठमाडौं – वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेको उल्लेख गर्दै यसबाट जनताको सुरक्षा गर्नु आजको प्रमुख विषय भएको बताएका छन् ।

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्र...
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन्। आज भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी...
काठमाडौँ — धरान, विभेद र कलंकविरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोबर १९ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा,...

जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । आईडीएफका अनुसार मारिनेहरूमा दुई अधि...
कन्चनपुर । काठमाडौं स्पोर्ट्स एकेडेमी र राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो राष्ट्रव्यापी नेकोस फिडे रेटिङ बुद्दिचाल प्रतियोगिता, दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनशिप तथा...