नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ ।
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय महिला दिवस र महिला हिंसा अन्त्य दिवस को फरक ?
अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।
हरेक १० मिनटमा एक जना महिलाको हत्या हुन्छ , यसको विरुद्ध आवाज उठाऔं भन्ने उदेश्यका सन् २०२४ को यस दिवस तत्पर छ ।
महिला हिंसा अन्त्य दिवस को पृष्ठभूमि
अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।
महिला हिंसाका घटनाहरू रोक्न सबैभन्दा प्रभावकारी उपाय के हुनसक्छ?
यस हिसाबले यस वर्ष चाहिँ महिला हिंसा अन्त्य दिवसको ४५औँ श्रृखला हो र यस वर्षको नारा चाहिँ Every 10 Minutes, a woman is killed. #NoExcuse हो । महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।
७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।
विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।
हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।
हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





बाँके । नेपालगञ्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या निम्तिएको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल...

शेरबहादुर राई ओखलढुङ्गा, मङ्सिर १० गते । ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी ह...

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी रहेको बताएका छन् ।

नेपाल एयरलाइन्समा कार्यरत स्थायी विमान चालकहरूको सुविधा वृद्धि गर्न सरकार सकारात्मक देखिएको छ । एयरलाइन्सका स्थायी विमान चालकहरूले सेवा सुविधा वृद्धिको माग गर्दै सेवा नै प्रभावित बनाउन थालेपछि सोम...

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा आफ्नो बयानका क्रममा प्रस्तुत गरिएको चेकबारे ‘सापोर्टिङ’ कागजात हेर्नुपर्ने जवाफ दिएको बताएका छ...

काठमाडौँ। सुदूर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ (उन्नाइस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (ड...
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले 'स्पोर्ट्स डे'को अवसरमा उषाल...