मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

उत्पत्तिका एकादशी व्रत
उत्पतिका एकादशी व्रतको पालन गर्दा भक्तजनलाई भगवान विष्णुको कृपा र आशीर्वाद प्राप्त हुन्छ।
सुन्न ट्याप गर्नुहोस्
उत्पत्तिका एकादश्याः पुण्यं यः कीर्तयेदिह।
सर्वपापविनिर्मुक्तः स याति विष्णुसन्निधिम्॥
उत्पातिका एकादशीको पुण्यको महिमा यस संसारमा जसले गर्छ,
सबै पापबाट मुक्त भएर भगवान विष्णुको वास प्राप्त हुन्छ।
यो श्लोकले यस पवित्र दिनको अवलोकनसँग सम्बन्धित आध्यात्मिक लाभ र मुक्तिलाई समेट्छ।
मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पतिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दू पञ्चाङ्गको एघारौं तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पति भएको हुनाले यसलाई "उत्पतिका एकादशी" नामाकरण गरिएको हो । सवै एकादशी मध्ये "उत्पतिका एकादशी" पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । एकादशी "कृष्ण पक्ष" र "शुक्ल पक्ष" गरि महिनामा २ चोटी पर्ने गर्दछन , जसमध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।
उत्पत्तिका एकादशी व्रतकथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमयि एकादशी तिथि कसरी उत्पन्न भयो ? "एकादशी' तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरुको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरु मेट्दै भगवान कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीरसागर जानुभयो। त्यहाँ शेषनागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई साष्टांग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे।

देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान बिउझनुभयो । सबै देवगणले भगवान विष्णुलाई दानव "मुर"को अत्याचार सुनाए, जुन सुनेर भगवान बिष्णु निक्कै क्रोधित हुनुभयो र भगवान श्रीविष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। युद्धका क्रममा असंख्य असुरहरूको भगवान विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान बिष्णु समेत थाक्नुभयो र दानव "मुर"को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रालीन हुनुभयो। दानव मुरले भगवान विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन् । ति देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केहि बेरमै मुरलाई रथ र अस्त्र बिहिन बनाइदिईन।
आफ्नो शक्तिको आहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिईन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा "एकादशी" ले भगवान बिष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफुले पाप नाश गर्दिन सकु भनि वरदान मागिन, जसलाई भगवान विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान बिष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।
उत्पतिका एकादशी कुन भगवानसँग सम्बन्धित छ ?
श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन।
एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




११ मंसिर ,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज टिम जनकपुर बोल्ट्सलाई डीएनए इन्टरनेश्नल नेपालले मुख्य प्रायोजन गरेको छ । ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले मंगलबार ...
काठमाडौं । जर्मनीको चेम्निजमा हुने चेम्निज ओपन कराते प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दै छ ...
कास्की । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोख...
काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ...

एजेन्सी – इजरायली सेनाले मङ्गलबार दक्षिणी उपनगरका बासिन्दाहरूलाई बाहिर निस्कन चेतावनी दिएपछि लेबनानी लडाकु समूह हिजबुल्लाहलाई बेरुत क्षेत्रमा आक्रमण गरिरहेको बताएको छ ।
सिरहा — सिरहामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्रबहादुर खत्रीलाई बलात्कारको आरोपमा आइतबार नै पक्राउ गरेको हो । ख...
काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज न...

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू ११ मंसिर, तेल अभिव । इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषदले लेबनानमा हिजबुल्लाहस...