नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।
विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।
यथा हि चक्रं परिवर्तते सततं,
तथा विद्या च परिवर्तते निरन्तरम्।
विद्यार्थिनां चेतसि सदा परिवर्तना,
नवीनं ज्ञानं सततं हि दीप्यते॥
जसरी पाङ्ग्रा निरन्तर घुमिरहन्छ, त्यसरी नै ज्ञानको पनि निरन्तर विकास भइरहेको छ। विद्यार्थीहरूको दिमागमा, त्यहाँ सधैं परिवर्तन हुनुपर्छ, किनकि नयाँ ज्ञान निरन्तर उज्यालो हुन्छ।"
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो?
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।
सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।
त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
वर्ष २०२४ को नारा“Empowering Future Leaders for a Sustainable World”
यस विषयवस्तुले जलवायु परिवर्तन, प्राविधिक नवीनता, र सामाजिक न्याय जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न आवश्यक ज्ञान, सीप र मूल्यहरू प्रदान गर्ने महत्त्वलाई जोड दिन्छ।
थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।
हाम्रो पात्रोको तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम...

#मह

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड दिने भएको छ । रक्षा क्षेत्रमा क्वान्टम र विद्युतीय प्रविधिको प्रयोगसम्बन्धी सम्मेलनमा भारतीय सेनाका प्रमुख जनरल अनिल चौहानले यस...
काठमाडौँ — काठमाडौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुलाई काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले ...

तेस्रो सातामा पनि 'पूर्णबहादुरको सारंगी' को व्यापारको रफ्तार घटेको छैन। यो फिल्मले अहिलेसम्म देशव्यापी ३४ करोड रूपैयाँभन्दा माथिको कमाइ गरिसकेको छ। निर्माता विनोद पौडेलका अनुसार फिल्मले शनिबारसम्म...
बझाङ । बझाङमा २२ वर्षीया युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। उनको आज बिहान करिब १० बजेको समयमा ...

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको यातायात व्यवसायी ...
काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन् । आज काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ।