नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक संक्रान्ति
सुन्न ट्याप गर्नुहोस्
वृश्चिक संक्रान्ति
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ ।
छोटा दिनहरू र लामा राताहरू
अब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।
बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् ।
चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पन्जा, मोजा तथा न्याना कपडाहरू हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । सिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।
मङ्सिर को महिना सुरु भएसँगै हाम्रो घर आँगनमा केही उत्सवहरू पनि आउँछन् । धेरै पहिलेदेखि यही मङ्सिर को महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र व्रतबन्धजस्ता सनातनी संस्कारका लागि सबैभन्दा उपयुक्त महिना मङ्सिर मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरू हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरू किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रूपमा पनि मङ्सिर लाही लिइन्छ । वैदिक सनातन हिन्दुहरूका लागि त्यसैले पनि शुभ साइतको राजाका रूपमा लिइन्छ मङ्सिर ।
मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ ।
एकातिर यस्ता साइतहरू हुने भएकाले मङ्सिरलाई शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मङ्सिर सङ्क्रान्ति आठौँ सङ्क्रान्ति हो ।
मङ्सिर को यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहिनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब बिस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।
नयाँ धानको चामल, नयाँ धानको चिउरा
नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमि पाथी पूजा गर्ने दिन पनि हो ।

पृष्ठभूमि
१९९६ मा, संयुक्त राष्ट्र महासभाले (रिजोल्युसन ५१/९५ द्वारा) संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको हो । त्यसपछि हरेक वर्ष १६ नोभेम्बरमा यस दिवस मनाउने गरिन्छ ।
९० को दशकमा अफ्रिका, बाल्कन र काकेशसमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहार का पीडित परिवारहरूले, "द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धन को हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्" भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवसमा के के गरिन्छ ?
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गर्दछ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




कर्णाली। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदुर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशानिर्देश गरे...
शिभालीलाई दोहोरो उपाधि, राजवीर विजयी काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । ...

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताएका छन् ।
१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो by laganisutra २०८१ मंसिर १ गते, शनिबार २२:५४ written by laganisutra २०८१ मंसिर १ गते, शनिबार २२:५४ काठमाडौं- नेपालले १२ वर्षपछि अफगानिस्तानला...

काठमाडौं । ‘सामाजिक संजाल स्टार’को रुपमा चर्चित बलिउड सेलेव्रिटी ओरी शनिबार काठमाडौं आइपुगेका छन् । उनको नेपाल आगमनबारे विस्तृत बताइएको त छैन तर उनी व्यवसायिक इन्डोर्समेन्टको लागि आइपुगेको अनुमान ग...
बुटवल — लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले संघीय संरचनाप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा उनले संघीय संरचनाले मुलुकलाई थेग्नै नसक्ने गरी आर्थिक ...

काठमाडौँ– नबिल बैंक लिमिटेड अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर द...