नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व बाल दिवस
सुन्न ट्याप गर्नुहोस्
हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।
तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान् । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ ।
हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के विश्वभर बालबालिकाको पहुँचमा हाम्रा कल्पनाका यी विषयहरु होलान् । यस्ता दर्जनौँ प्रश्नहरु हुनसक्छन् । कामना गरौँ, कुनै दिन विश्वभर यस्ता क्रुर लाग्ने प्रश्नहरु जन्मन नपर्ने दिन आओस् ।
त, आज कुरा गरौँ, अन्तर्राष्ट्रिय बाल दिवसबारे ।
सबैभन्दा पहिले यो किन र कहिलेदेखि मनाउन थालियो भन्ने प्रसंगमा जाऔँ ।
अन्तर्राष्ट्रिय बाल दिवस सन् १९५४ मा स्थापना भएको थियो । त्यति बेला यसलाई विश्व बाल दिवस भन्ने गरिन्थ्यो । त्यति बेला देखि नै अन्तर्राष्ट्रिय बाल दिवस २० नोभेम्बरमा मनाउन थालिएको हो । विश्वभरका बालबालिकाको उत्थान, कल्याण र जीवनशैलीमा सुधारका लागि यो दिवस मनाउन थालिएको हो ।
What is the biggest challenge facing children today?
संयुक्त राष्ट्र संघले सन् १९५९ को नोभेम्बर २० मा पहिलो पटक बालअधिकारको घोषणा गरेकाले यो दिनलाई अझ विशेष र महत्त्वपूर्ण मानिन्छ । आजको दिनलाई विशेष बनाउन र महत्त्वपूर्ण सावित गर्न विश्वभर अभिभावक, शिक्षक, पत्रकार, समुदायका व्यक्तिहरु, समुदायका नेताहरु तथा हामी सबैको भूमिका उत्तिकै हुन्छ ।
बालबालिकाको अधिकार, उनीहरुको जीवनशैलीमा सुधार तथा उत्थानका लागि आजको दिन अझ बढी विशेष हुनसक्छ । त्यसैले पनि आज विश्वभर यो दिवस मनाउन विभिन्न सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिएको हुन्छ ।
हामीले पनि हाम्रा बालबालिका वा हाम्रो छिमेकका वा समुदायका बालबालिकालाई सही सूचना दिन सक्छौँ, उचित बाटो देखाउन सक्छौँ । कोही बालबालिका समस्यामा परेका छन् भने उनीहरुका गुनासा, सुझाव वा विषय सुनेर त्यसको समाधानका लागि प्रयास गर्न सक्छौँ ।




एजेन्सी । ‘बम’ आँधीले पश्चिमी अमेरिकालाई प्रभावित बनाएको छ । उक्त शक्तिशाली आँधीले झम्टाइले एक जनाको मृत्यु भएको छ भने ६ लाख मानिस विजुलीविहीन भएका छन् । वासिङ्टनमा रुख ढलेर एक महिलाको मृत्यु भएको ...
५ मंसिर, काठमाडौं । नेपालले बहराइनको मानामास्थित इशा टानउमा सुरु भएको डेभिस कपको एसिया/ओसियाना क्षेत्रको विजयी सुरुवात गरेको छ । नेपालले बुधबार गुआमलाई २–१ ले पराजित गरेको हो । नेपालले २ सिंगल्समा...
पर्सा — वैज्ञानिकहरूले बाख्रापालन गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । वीरगन्जको कृषि औजार कारखानालाई नयाँ जीवन दिन अहोरात्र खटिरहेका आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकहरुल...

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीद्वारा गरिएको दमनको भर्त्सना गरेको छ। केन्द्रीय समितिको बैठकपछि जारी गरि...

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

सिमकोट – जिल्लाकै मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड गाउँबाट बजार उन्मुख हुने क्रममा छ। संघीयता कार्यान्वयन भएसँगै सर्केगार्ड गाउँपालिका केन्द्र स्थापना भएपछि उक्त गाउँ बजारमा...
वालिङ : स्याङ्जाका ३ महिला क्रिकेटरलाई जनही १/१ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। यू-१९ उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यूएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स...

बिपी राजमार्गमा आज राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोला...