नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

हिन्दु धर्म परम्परा अनुसार यस एकादशीलाई बैकुण्ठ एकादशी पनि भनिन्छ ।
सुन्न ट्याप गर्नुहोस्
पुत्रदा एकादशी
पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
पुत्रदा एकादशी व्रत कथा
धर्मशास्त्रहरू अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको महात्मै महत्त्वपूर्ण मानिन्छ ।
पुत्रदा एकादशीमा के गरिन्छ ?
यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।
आजको दिनको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
पुत्रदा एकादशीका धार्मिक कथाहरू केसँग सम्बन्धित छन्?




काठमाडौं । सरकारको कार्यसम्पादन सरलीकरण गर्दै सात दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत यस्तो व्यवस्...

नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने बाटो खुला भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले ल्याएको अध्यादेशमा नेपाली कम्पनीले त्यसरी विदेशमा लगानी गर्न पाउने र विदेशी बजारसँग प्रतिस्पर्...

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्ने आदेश बदर गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत जाने भएको छ। जिल्ला अदालत कास्की...

काठमाडाैं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्ने अध्यादेश राष्ट्रपति...

काठमाडौं। सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश ल्याउने निर्णय गरेको हो।

क्लिकमान्डु काठमाडौं । गैरआवासीय नेपाली नागरिकताबाहकले पनि नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको वैठकले यस्तो व्यवस्था गर्ने गरि कानुन संशोधन गर्न अध्यादेश जारी...
काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ‘ड्राफ्ट’ अन्तर्गत डायमन्ड क्याटगरीमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई समावेश गरिएको छ। पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको सूची...

काठमाडौं- फोटो तथा चित्रको अनाधिकृत रुपमा प्रयोगका विषयलाई लिएर फोटो पत्रकार तथा कलाकारहरुले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह...