नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
"ध्यानेनात्मनि पश्यन्ति केचित् आत्मानमात्मना।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे।"
(भगवद्गीता 13.25)
अर्थ:
ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।
यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो।

ध्यान दिवसको पृष्ठभूमि
२१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा ध्यान दिवसको नेतृत्व गर्दैछन्। उक्त ध्यान दिवसमा रवि शंकरले तनाव व्यवस्थापन र द्वन्द्व समाधानका लागि ध्यान मुख्य खम्बाका रूपमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा अन्तर्राष्ट्रियव्यक्तित्वहरू, संयुक्त राष्ट्रसंघका नेतृत्वहरू, कूतनीतिक, अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।
हामीलाई बताउनुहोस्
महत्व:
विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ। यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ।
के तपाईंहरूले ध्यान गर्ने गर्नुभएको छ ? यदी छैन भने आजैबाट आफ्नो लागि दिन २० मिनेट मात्र भएपनि कुनै शान्त ठाउँमा बसेर ध्यान गर्न शुरु गर्नुहोस् । यदी २० मिनेट गाह्रो लाग्छ भने ५ मिनेटबाट शुरु गरेर विस्तारै समय बढाउदै जानुहोस् । यसरी समय बढाउदै दैनिक १ घण्टा ध्यान गर्न थाल्नुभयो भने केही समयमै तपाईंले आफूमा आएको सकारात्मक परिवर्तनहरू देख्न सक्नुहुनेछ । आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान शुरु गर्न आज भन्दा उपयुक्त दिन कुन होला र ?
कसरी मनाउने?
● ध्यान अभ्यास: सामूहिक ध्यानमा सहभागी हुनुहोस्।
● कार्यशाला: ध्यान र मानसिक शान्तिका विषयमा स्थानीय कार्यक्रमहरूमा सहभागी बनौँ।
● साझा गरौँ: ध्यानको अनुभव र प्रभावबारे आफ्नो सामाजिक मिडियामा लेखौँ।
● शिक्षा प्रदान गरौँ: बच्चादेखि वृद्धसम्म सबैलाई ध्यानको फाइदाबारे जानकारी दिऔँ।
ध्यान गरौँ, शान्त बनौँ, र समाजलाई सकारात्मकता प्रदान गरौँ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल



६ पुस, काठमाडौं । नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ । शनिबार काठमाडौंमा भएको फाइनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च...

टुँडिखेलमा मनाइयो उधौली साकेला (तस्बिरहरू) नयाँ पेज २०८१ पौष ६ शनिबार २३:०६ बजे काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको ठुलो चाड ‘साकेला उधौली’ सुरु भए सँगै टुँडिखेलमा शनिबार साकेला ...
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर लाहिरू मिलन्थाले नटआउट ७५ रन जोडेका थिए। उनको उत्कृष्ट ब्याटिको सहयोगमा जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सलाई ...
काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउने बताएका छन् । एनपीएलको पहिलो संस्करण सकिए लगत्तै सचिव खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बता...

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप...
काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको खुसियालीमा मधेस प्रदेशको एक स्थानीय तहमा बिदा दिइएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिदा दिइएको हो । ...

भारतमा श्रीमती लिएर किनमेल गर्न गएका सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बम घाइते ६ मिनेट अघि A A सुदूरपश्चिम : श्रीमती र सहयोगी लिएर भारतको पालियामा किनमेल गर्न जाँदा गाडी दुर्घटनामा परेर सुदूरप...