Ravisaptami Vrata | रविसप्तमी व्रत | २०८१ पुष ७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Dec/Jan 2024
    २०८१ पुष

    आइतवार
    Dec 22, 2024
    पुष कृष्ण सप्तमी
    रविसप्तमी व्रत ( Ravisaptami Vrata )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    रविसप्तमी व्रत




    रविसप्तमी व्रत विशेष अडियो सामग्री

    के यहाँहरूलाई थाहा छ ?
    हप्ताका हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ ।

    यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

    रविसप्तमी व्रत श्लोकः
    सप्तम्यां भास्करः पूज्यो ग्रहाणां पतिरव्ययः।
    आरोग्यमायुरैश्वर्यं ददाति सदा भक्तिमान्॥

    अर्थ:

     सप्तमी तिथिमा भास्कर (सूर्य) पूज्यनीय हुनुहुन्छ, जो सबै ग्रहहरूको स्वामी र अविनाशी हुन्। उहाँ सदा भक्तिलाई आरोग्य (स्वास्थ्य), दीर्घायु, र ऐश्वर्य प्रदान गर्नुहुन्छ।
    यो श्लोक सूर्यदेवको महिमा र रविसप्तमी व्रतको महत्व झल्काउनका लागि उपयुक्त छ।

    सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्र:
    एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
    अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
    ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।


    सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवहरूमा अनेक रूपमा विद्यमान छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।

    हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्साउने गर्छन् ।

    सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई आध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।

    सूर्य भगवानलाई प्रातः कालमा सात्त्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।

    उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
    अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।


    बाह्र कलाले युक्त यस्तो विशेषता भएको सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णु आदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।

    सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभ फल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्र वटा आइतबार व्रत बस्नु पर्छ । व्रतको दिन प्रातः सूर्य नारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।

    यस्तो व्रत आदि उपासना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रअनुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ–आशीर्वाद प्राप्त हुनेछ ।


    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.