मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सिंह संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
संक्रान्ति भनेको के हो ?
वैशाख, ज्येष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज सङ्क्रान्ति । यस अर्थमा एक वर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह संक्रान्ति भनिएको हो ।
सिंह संक्रान्ति
अब एकतमासको घाम अनि वर्षा पछिको शीतलता अनि थप आर्द्रता सहितको गर्मी सुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शीतलताले दसैँको आगमनको सङ्केत दिनेछन् र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिँदो मौसमको फरक दृश्य र फरक दैनिकी महसुस गर्न पाउनेछ । हरेक बिहानका वातावरणले एक खाले चाड वाडको बेग्लै सुगन्ध छर्ने गर्छ । पारिला घामका रापहरू अनि घरी-घरि आकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयुक्त वातावरण अनि सफा चिप्लो बाटोयुक्त वातावरणको अनुभूति अबका केही महिनाका सुखद सङ्केत हुन् ।

तपाईंलाई भाद्र महिनाको हरियाली र वर्षाको मौसम मन पर्छ?
भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झैँ यो महिनाले ओगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान् विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।
लाखौँ नेपाली मनहरूलाई जाँदाजाँदै यो वर्षालाई बिदा गर्दागर्दै अर्को वर्षको बर्खामा यसबर्ष भएका खाल्टाखुल्टी नहुन्, धुलोले आँखा नपोलोस् अनि कहिँकतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस्, घामपानीले साथ दिओस् ।
सूर्य चन्द्रले हामीलाई सदैव सहिमार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैँ कायम होस्, शुभ दिन ।





काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्विन्स ग्याम्बिटमा १४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित सात अंक जोड्दै उपाधि जितेक...

मितेरी सहकारी ठगी प्रकरणको मुख्य योजनाकार ज्योति, धनराज प्रतिवादी बनेनन् ४ मिनेट अघि A A काठमाडौं : ललितपुरको महालक्ष्मिस्थानमा सञ्चालित मितेरी सहकारीमा देखिएको ठगी प्रकरणमा आठ जनाविरुद्ध जिल्ल...

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्र...

जुम्लाको सदरमुकाम खलंगामा पाँच दिनसम्म सञ्चालन भएको कर्णाली जात्रा सकिएको छ। गत साउन २५ गतेदेखि सुरु भएको जात्रा आइतबार सकिएको हो। तामझाम र बाक्लो उपस्थितिमा माझे लाखे काटेर रथयात्रा गरेपछि जात्रा ...
काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। नेपाली समयअनुसार सोमबार बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले...

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई भ्रमणका लागि आइतबार नेपाल आइपुगे। भारतीय वायुसेवा निगमको एफसी३१ नम्बरको उडानबाट चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी काठमाडौं ओर्लिएका हुन्। विदेश सच...

सर्वोच्च अदालतले न्याय सम्पादनमा अवरोध हुने गरी समाचार लेखेमा अवहेलनाको विषय हुने भनेर व्याख्या गरेको छ। 'सिधा कुरा जनता अनलाइन' का सम्पादकसहित तीन जनाविरूद्ध अवहेलना मुद्दाको फैसलामा सर्वोच्चले य...
काठमाडौँ । हमासद्वारा बेपत्ता बनाइएका विपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। विपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता...