
Shree Krishna Janmashtami
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"गोकुल नाथाय नमः"
केवल आठ अक्षरको यस मन्त्रको जाप गर्नाले कृष्णसँगको निकटता बढेर जाने बताइएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्णको व्यक्तित्व
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

तपाईंलाई कृष्णको जीवनबाट के सिक्न मन पर्छ?
त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ुकृष्णलिलाु को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू९लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
कृष्णका नामहरु
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
राधाकृष्ण
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
राधा र कृष्णको संवाद जस्ताको तस्तै
एक दिन राधाजीले कृष्णजी लाई सोध्नुभयो: रिस के हो ?
कृष्णजी ले उत्तर दिनु भयो: कसैको गल्तिको सजाय आफुलाई दिनु नै रिस हो ।
फेरि राधाजी ले सोध्नुभयो: मित्रता र मायामा के फरक छ ?
कृष्णजी ले हासेर उत्तर दिनु भयो: माया भनेको सुन हो र मित्रता भनेको हिरा, सुन टुटेर फेरि बन्न सक्छ तर हिरा टुटेर फेरि बन्दैन ।
राधाजी ले फेरि सोध्नु भयो: म कहाँ छु ?
कृष्णजी ले उत्तर दिनु भयोस् तिमि मेरो सास धड्कन तन मन सबै तिर छौ ।
फेरि राधाजी ले कृष्णजी लाइ सोध्नु भयो: म कहाँ छुइन ?
कृष्णजी ले उत्तर दिनु भयो: तिमि मेरो भाग्यमा छैनौ ।
राधालेजी ले सोध्नु भयो: माया को वास्तविक मतलब के हो ?
कृष्णजी ले हासेर भन्नु भयो: जहाँ मतलब हुन्छ त्यहाँ माया हुदैन ।
राधालेजी ले सोध्नु भयो: तपाई ले मलाई माया गर्नु भयो तर बिहे रुकमणि संग गर्नु भयो, किन ?
कृष्णजी ले हासेर भन्नु भयो: बिहे गर्न दुई जना चाहिन्छ तर हामी त एउटै हौ ।
कृष्ण र मीरा
कृष्णका कुरा गर्दा "मीरा" लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।


गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा गोरख र गोरखकाली को नेपाली इतिहास
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबागोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।


नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।



ताप्लेजुङ। यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरला...

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । शनिबार (साउन ३१) दिउँसो देवाहीगोनाही–९, धरहरीटोलस्थित कृ...

काठमाडौँ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ललितपुरस्थित युलेन्स कलेजमा आयोजित उक्त कार्यक्रम...

गणेशमान र सिपी भागेको जेलमा पुगे रवि, झडप र कैदी भाग्न बदनाम छ नक्खु ५ मिनेट अघि A A काठमाडौं : भैरहवामा अत्याधिक गर्मी र परिवारजनलाई भेट्न पनि समस्या भएको भन्दै दिएको निवेदन अनुसार रवि लामिछान...

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि डोनेत्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेन फिर्ता हुनुपर्ने सर्त राखेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्ना मूल माग पूरा भए बाँक...

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एकीकृत समाजवादीको युवा संगठनमा अध्यक्ष माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्षबीच २४ घण्टे अल्टिमेटमसहित मतभेद उत्कर्षमा पुगेको छ। असन...

नुवाकोट : नुवाकोटमा ट्राफिकको राजश्व संकलनमा कमी आएको छ। अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २१ लाख २१ हजार पाँच सय रुपैयाँ कम राजश्व संकलन भएको छ। नुवाकोटमा पासाङल्हामु मार्ग,...