दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

चतुर्थी श्राद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

चतुर्थी श्राद्धमा पितृमोक्षका लागि तपाईंको कामना के हो?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।
चतुर्थी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।





काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ। अत्यावश्यक सेवाका ...

लुम्बिनी — जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सरकारी र निजी भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ । आगजनीका कारण भवन, आवश्यक का...

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेपाली सेनाको जंगी अड्डाले बाहिर निस्कन नदिएको दाबी गरेका ...

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ।

काठमाडौं । कारागार व्यवस्थापान विभागले देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दी तथा बालबिज्याइकर्तालाई अविलम्ब फर्किन आग्रह गरेको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले...

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् ।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्। उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा ज...

काठमाडौँ । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका क...