दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

अजा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अजा एकादशी
अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ ।
भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।

तपाईं अजा एकादशीको व्रत बस्नुहुन्छ?
अजा एकादशी व्रतकथा
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।
सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।
राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
सबैलाई शुभकामना ।


विश्व फोटोग्राफी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अगस्ट १९ तारिख
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न "विश्व फोटोग्राफी दिवस" मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।
संसारमा सबैभन्दा पहिलो तस्वीर
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।






काठमाडौँ । सिनेमा निर्माणमा हलिउडलाई समेत चुनौती पस्किँदै चीनले अन्तरिक्षमै वास्तविक दृश्यहरू समेटेर आफ्नो पहिलो ८के (8K) फिल्म तयार पारेको छ । ‘शेन्झाउ-१३’ नाम दिइएको यो फिल्म आगामी ५ सेप्टेम्बर, ...

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक तथा मेडिकल प्रयोगशालामा कार्य नगर्न ...

काठमाडौँ । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत त कहिले अनुपम प्रकृ...
टेबल टेनिसमा स्ट्याग अगाडि काठमाडौं (हाम्रो खेलकुद)- आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलवार एकल अग्रता लिएको छ । चौथो चरणको समा...

गोरखापत्र अनलाइन काठमाडौं, भदौ ३ गते । जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो ‘दिपक’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहबिच सो भिडियो सार्वजनिक गरिएको हो । जलनले नित्म्याएका सम...

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएक...

इजरायल : संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिह...

News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच अब बैठक सम्भव रहेको बताएका छन्। रुसले युक्रेनको नेटोमा सामेल...