मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

काग तिहार
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।।
अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।
काग का बारेमा
काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

के तपाईंले आज कागलाई भोजन गराए पछि मात्र स्वयं भोजन गर्नुहुन्छ ?
यमपञ्चक
हिन्दु धर्मावलम्बीहरूले वडा दसैँ लगत्तै मनाउने अर्को ठुलो र महत्त्वपूर्ण चाडको हो- तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो र महत्त्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
तिहारको कथा
सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् जस मध्य एकदमै प्रचलित कथा जसमा यम र उन् कि बहिनीको प्रसगं यहाँ प्रस्तुत गर्न जाँदै छौ ।
मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।
काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।
घरघरमा झिलिमिली द्वारहरू बनाएर साँझमा दीप प्रज्वलन गरिन्छ, विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात् जुटको भित्र पटिको हलुका लट्टीहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्ट्याउने आदि तैयारी सुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्
हामी सबैको आगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सुसमाचारहरू ल्याईरहोस, शुभकामना !


धनवन्तरी जयन्ती
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
को हुन धनवन्तरी जयन्ती ?
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ।
देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धनवन्तरीको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धनवन्तरीको मानवतालाई अनुपम देन हो, आयुर्वेद।
समुन्द्र मन्थन र भगवान् धन्वन्तरि
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धनवन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद "आयु र वेद"गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले 'आयुको ज्ञान' भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।






धनुषा । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित सात जनाविरुद्ध...

पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अ...
पर्सा — वीरगन्ज महानगरपालिका–८, रेल्वे रोडस्थित सडक पेटीमा आइतबार एक अज्ञात पुरुष मृत फेला परेका छन्। नाम नखुलेका करिब ३५ वर्षीय मागी हिँड्ने एक पुरुष मृत फेला परेका हुन् । शव परीक्षणका लागि नाराय...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई स्पष्टीकरण माग गरिएको र महासचिव पदबाट निलम्बन गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्द...

चाड पर्वहरू धार्मिक, सांस्कृतिक, सामाजिक र भावनात्मक कारणहरूले मनाइने गरिन्छ । यसले मानिसहरूलाई एकताबद्धसमेत गरेको देखिन्छ । यस्तै, यी चाडपर्वहरू परिवार र साथीहरूसँग मनाउन, अर्को पुस्तालाई संस्कृति...

काठमाडौँ – कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ।

काठमाडौं । गाजामा युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरूसामु विजयको उत्सव मनाए । उत्सव मनाउने क्रममा उनले पाकिस्तानका शीर्ष सैनिकलाई मेरो मनपर्ने फिल्ड मार्सल भन्दै प्रशंसा...

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले ...