मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धन त्रयोदशी व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पा सनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।

तपाईंले धनतेरसको दिन के खरिद गर्ने गर्नु भएको छ?
धन्तेरसमा भाँडाकुँडा खरिद
तपाईँ धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।
धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ। सम्पूर्ण नेपालीहरूलाई धन्तेरसको मङ्गलमय शुभकामना।


शनि प्रदोष व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।
प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
शनि प्रदोष व्रत मन्त्र
शनि प्रदोष व्रत भगवान् शिव र शनिदेवलाई समर्पित एक पवित्र दिन हो। यस दिन शिवजी र शनिदेवको पूजा र मन्त्र जपले शुभ फल प्रदान गर्दछ।
शिवजीको प्रदोष व्रत मन्त्र
ॐ त्र्यंबकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


तुला संक्रान्ति
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
सङ्क्रान्ति र मसान्त
महिनाको प्रथम दिनलाई सङ्क्रान्ति भनिन्छ भने महिनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला सङ्क्रान्ति अर्थात् सूर्य कन्या राशिबाट तुला राशिमा प्रवेश गर्दै छ । एक वर्षमा १२ वटा सङ्क्रान्तिहरू हुन्छन् र सङ्क्रान्तिको दिनमा सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्दछ । आजको सङ्क्रान्ति यस हिसाबले पनि महत्त्वपूर्ण छ किनकि यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सङ्क्रान्ति लाई मत्स्यपूराणमा अत्यन्त महत्त्वपूर्ण सङ्क्रान्तिका रुपमा व्याख्या गरिएको पाइन्छ, एक दिन अगाडिबाटै एक छाक मात्र खाएर तुला सङ्क्रान्तिको व्रत बस्ने चलन पनि छ ।
तुला सङ्क्रान्ति मा के गरिन्छ ?
यस दिन बसिने व्रतले चिताएको शुभ फल दिने जनविश्वास रहेको छ । वैदिक सनातन हिन्दु क्यालेन्डर अनुसार आजदेखि सातौँ महिना अर्थात् कार्तिक सुरु भयो । यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न बालीहरू राम्रो तौल भएर भित्रिउन र राम्रो हिसाबले कुनै पनि प्राकृतिक विपत्तिविनाकै अन्नको भण्डारण गर्न सकियोस् भनेर पूजा अर्चना गरिन्छ ।
बिस्तारै बिस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदै छ होला र दिन छोट्टिदैं गएर साँझहरू शीघ्र आउन थालेका छन् । घर खेतमा धानका बालाहरू लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आउँदै छ जुन महिना धान काटेर दाउनी गरेर अन्न भित्राउन भ्याइन भ्याइ हुन्छ ।
यस पटकको बालीनाली सप्रिएका होउन्, भकारी भरेर अन्न भित्राउँदै किसानहरूमा हर्ष छाओस् । आषाढ श्रावणमा रोपाई गरेका धानका बिउँहरूले अब पसिनाको मूल्य दिने समय नजिक आउँदै गर्दा सबै जनामा आशा र मुस्कानको ऊर्जा सञ्चार होस्, शुभकामना !






रौतहट — रौतहटको चन्द्रपुरस्थित प्रहरी कार्यालयमा एक महिनापछि सुरक्षाकर्मी फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएपछि विस्थापित भएका प्रहरी भवन पुनःनिर्माण सम्पन्...

भक्तपुर । जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जि...

भक्तपुर – यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ। घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो।
काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ को नाटकीय जित हासिल गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पटिनका सहयोगी किरिल दिमित्रिभले रुस र अमेरिका जोड्ने सुरुङ मार्ग बनाउन आग्रह गरेका छन् । ७० माइल लम्बाइको रुसदेखि अमेरिकाको अलास्कासम्म जोड्ने सुरुङ मार्गमा रेल तथा कार्गो...
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरी चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-४ मा रहेको धौलागिरी हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँ...

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ शनिबार सकिएको छ । एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको एक्स्पोमा एक करोडको कारोबार भएको छ । सङ्घकी उपाध...

काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्...