विश्व माटो दिवस / अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
पुष कृष्ण प्रतिपदा
पुष कृष्ण प्रतिपदा

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
विशेष अडियो सामग्री
पृष्ठभूमि
आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो। यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो।

स्वयंसेवा के हो ?
स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो।
नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभवका लागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।

समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरूको ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
स्वंसेवकहरुको भूमिका मार्फत गरिबी, असमानता, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहयोग पुग्दै आएको छ । स्वयंसेवकहरूले समावेशी समुदायहरू निर्माण गर्न, उपेक्षित आवाजहरूलाई सशक्त बनाउन, र सामाजिक तथा वातावरणीय समस्याहरूको सामना गर्न प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछन् भन्ने अठोट पनि आजको दिनले लिएको छ ।
“Every Contribution Matters” भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ। चाहे केही घण्टा सहयोग होस् वा सानो कौशल बाँड्ने काम, प्रत्येक स्वयंसेवकको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछ। यो वर्षको नाराले सबैलाई आफ्नो तरिकाले हातेमालो गर्न प्रेरित गर्छ।
प्रमुख उद्देश्यहरू
स्वंसेवकहरुको प्रयासहरूको सम्मान: स्वयंसेवक कार्यमार्फत योगदान गर्ने व्यक्तिहरू र संस्थाहरूको समर्पणलाई उजागर गर्दै सम्मान गर्नु। स्वयंसेवाको प्रवर्द्धन विश्वभरका मानिसहरूलाई स्वयंसेवकमा संलग्न हुन प्रेरित गर्दै आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न हौसला दिनु।
चेतना फैलाउनु: स्वयंसेवकले विश्वव्यापी शान्ति, विकास, र सहकार्य हासिल गर्न गरेको महत्वलाई उजागर गर्नु पनि हो ।
यस दिवसको अर्थपूर्ण शुभकामना । यदि तपाईँले पनि कुनै स्वयंसेवा गर्नुभएको छ ? आफ्नो अनुभव हामीलाई लेख्नुहोला है त ।


विश्व माटो दिवस
विशेष अडियो सामग्री
पृष्ठभूमि
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
“Healthy Soils for Healthy Cities” भन्ने २०२५ को नाराले कुनै पनि ठाउँको माटोको स्वास्थ्यले त्यहाँको शहरको स्वास्थ्य निर्धारण गर्न सक्ने कुरा दर्शाउँछ। स्वस्थ माटोले स्वच्छ वातावरण, राम्रो बाली र हरियाली शहर सुनिश्चित गर्न सहयोग गर्छ। त्यसैले माटोको संरक्षण र सुधार, दिगो, हरियो र स्वस्थ शहर निर्माण गर्न अत्यन्त महत्वपूर्ण छ।